काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका रुकेश रन्जित भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। उनले ३३ हजार ४३६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले २८ हजार १४७ मत प्राप्त गरेका छन्। निर्वाचन आयोगका अनुसार सुवाललाई पछि पार्दै रन्जित विजयी भएका हुन्।
यसैगरी नेपाली कांग्रेसका किरण न्यौपानेले ४ हजार २८२ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका सोमप्रसाद मिश्रले ३ हजार ७२१ मत पाएका छन्।
भक्तपुर–१ लाई नेपाल मजदुर किसान पार्टीको बलियो आधार क्षेत्रका रूपमा लिने गरिन्छ। यसअघि यस क्षेत्रबाट प्रेम सुवाल लगातार निर्वाचित हुँदै आएका थिए।








प्रतिक्रिया दिनुहोस्