ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दोलखामा शिव भण्डारीसहितका नेताहरु एमालेमा समाहित, गुरुङलाई फराकिलो जीतका लागि सहज


एबीसी न्यूज
फाल्गुन ११, २०८२ सोमबार  २ : ४७ बजे

दोलखा, ११ फागुन । नेकपा (एमाले) दोलखाका संस्थापक नेता शिवप्रसाद भण्डारी पुनः एमालेमै फर्किनु भएको छ । रोल… नेतृ कल्पना भण्डारी, भीमेश्वर नगरपालिकाकी पूर्वउपमेयर शान्त बस्नेतसहितका जिल्लाका प्रभावशाली नेता, कार्यकर्तासहित उहाँ एमालेमा फर्किनु भएको हो ।

भण्डारी एमाले दोलखाको दुई कार्यकाल पार्टी प्रमुख, पार्टी केन्द्रिय अनुशासन आयोग सदस्य तथा पुर्व जिविस उपसभापतिसमेत भैसकेका व्यक्तित्व हुनुहुन्छ । सोमबार बिहान चरिकोटमा आयोजित पुनर्मिलन कार्यक्रममार्फत् संस्थापक नेता भण्डारीसहितलाई एमालेका दोलखाका उम्मेदवार एवं पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पार्टीमा औपचारिक रूपमा स्वागत गर्नु भएको थियो । कार्यक्रममा एमाले नेता तथा पुर्वमन्त्री आनन्दप्रसाद पोखरेल, पार्टी दोलखाका सस्थापक नेताद्वय जीतविर लामा र लालकुमार केसी, केन्द्रीय सदस्यहरु रचना खड्का, श्यामकुमार बस्नेतलगायतका जिल्लाका अगुवा नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो । पुनर्मिलन कार्यक्रममा बोल्दै नेता भण्डारीले एमालेको सम्पूर्ण शक्ति एकजुट भएर जनतामाझ जाँदा मात्रै विजयी हासिल गर्न सकिने बताउनु भयो । उहाँले दोलखामा पार्टीलाई पहिलो शक्ति बनाउन सबै नेता–कार्यकर्तालाइ समन्वय र सहकार्यसहित सकृय बन्न आह्वान गर्नु भयो । ‘अब विभाजन र अन्तर्विरोध होइन, एकताको सन्देश लिएर जनताको घरदैलोमा पुग्नुपर्छ,’ उहाँको भनाई थियो ।

नेता भण्डारीले आगामी निर्वाचनमा एमाले उम्मेदवार पार्वत गुरुङलाई विजयी गराउन आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको समेत बताउनु भयो । ‘दोलखाको विकास र स्थायित्वका लागि एमालेको जित आवश्यक छ,’ उहाँको भनाइ थियो । चार वर्षअघि एमाले विभाजनपछि नेता भण्डारी नेकपा (एकीकृत समाजवादी)मा पोलिटब्युरो सदस्यका रुपमा सक्रिय हुनु भएको थियो । पार्टी महाधिवेशन हुँदा उहाँ घनश्याम भुषाल प्यानलबाट उपमहासचिवको उम्मेद्वार बन्नु भएको थियो । एमालेलाई बाइपास गरेर माओवादीसँग मात्र मिल्ने अध्यक्ष माधवकुमार नेपालसहित बहुमत पङ्क्तिको निर्णयमा असहमत भण्डारीलाई समर्थन गर्ने दोलखाको बहुसङ्ख्यक हिस्सा एकतामा सामेल भएका थिएनन् ।

यसैबीच, एकपालिका प्रमुख, एक उपप्रमुख र वडाध्यक्षसहित जनप्रतिनिधी जितेको तत्कालीन नेकपा एसका अधिकाङ्स नेता– कार्यकर्ता निर्वाचनमा एमालेका उम्मेदवार पार्वत गुरुङलाई सघाउने निष्कर्षमा पुगेका छन । काठमाडौंस्थित सम्पर्क मंचका पुर्वनेतृत्वहरुले पनि भण्डारीलाई नै साथ दिदै आएका छन । उहाँको एमालेमा फिर्तीसँगै माओवादीसहित मिलेर बनेको नेकपामा सामेल छिटफुट नेता–कार्यकर्ता पनि घर फर्किन निर्णय लिने दिशामा रहेको बताइएको छ । यसले ०४८ देखि नै गढको रुपमा चिनिएको दोलखामा एमालेले फेरि फराकिलो जितका लागि अनुकुल वातावरण बन्दै गएको एमालेको आन्तरिक विश्लेषण गरेको छ । पछिल्लो समय बदलिएको राजनीतिक परिस्थितिमा पुनः एमालेमै फर्किने निर्णय गरेको कार्यक्रममा भण्डारीले बताउनु भयो । पार्टी नेताहरूले भण्डारीसहित अन्य नेताहरूको पुनरागमनले दोलखामा एमालेको संगठन थप मजबुत बन्ने विश्वास व्यक्त गरेका छन् ।

पुराना नेताहरूको अनुभव र कार्यकर्तामाझको प्रभावले आगामी चुनावी अभियानमा सकारात्मक ऊर्जा थप्ने पनि अपेक्षा गरिएको छ । केही दिनअघि मात्र तत्कालीन युवा संघ जिल्ला सचिवसहित एक दर्जन युवाको जिल्ला नेतृत्व एमालेमा प्रवेश गरेको थियो । त्यस्तै तत्कालीन नेकपा एसकै उधोग व्यबसायी महासंघका उपमहासचिव प्रकाश कटुवालले पनि नेकपा परित्याग गर्नु भएको थियो । पार्टी फरक हुँदा पनि ०७९ को स्थानीय निर्वाचनदेखी नै कटुवालले एमालेलाई नै सहयोग गर्दै आउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

उपेन्द्र यादवको तिखो प्रश्न : “मधेस आन्दोलनमा बालेन कहाँ थिए ?”

सम्बन्धित

सामाजिक सञ्जालमा भ्रम नछरी अनुसन्धानमा आउन तुलसालाई प्रहरीको अनुरोध

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

उपेन्द्र यादवको तिखो प्रश्न : “मधेस आन्दोलनमा बालेन कहाँ थिए ?”

बुथ कब्जा गर्ने कल्पना नगरे हुन्छः अध्यक्ष ओली

कार्की आयोगको प्रतिवेदन चुनावपछि मात्रै, १० हजार भिडिओबाट सयौँको पहिचान, आगजनीमा संलग्न ९ व्यक्ति प्रतिनिधिसभाका उम्मेदवार

परिवर्तनको हुटहुटी बोकेर हिँडेको हुँ, सही कुराका लागि मात्रै मेरो जिद्दी हो– अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com