काठमाडौं, माघ ६ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी दर्ता गराएका छन् । माओवादी युद्धको आधार क्षेत्र रहेको रुकुम पूर्वमा प्रचण्डले उम्मेदवारी दर्ता गराएका हुन् ।
मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भ्रष्टाचारमुक्त, समुन्नत र न्यायपूर्ण नेपाल निर्माणको साझा संकल्पसहित, चुनाव चिन्हमा भोट हाल्न अपिल गरेका छन् ।

‘हाम्रो क्रान्तिसँग जोडिएको ऐतिहासिक जिल्ला रुकुम पूर्वबाट मैले आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएको छु । यसै अवसरमा देशैभरि तारा चुनाव चिह्न लिएर आसन्न निर्वाचनका लागि मनोनयन दर्ता गराउनु भएका सम्पूर्ण उम्मेदवारहरूलाई अग्रिम बधाई तथा शुभकामना व्यक्त गर्दछु’, उनले भनेका छन्, ‘भ्रष्टाचारमुक्त, समुन्नत र न्यायपूर्ण नेपाल निर्माणको साझा संकल्पसहित, सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई तारा चिह्नमा आफ्नो अमूल्य मत प्रदान गर्नुहुन हार्दिक अपिल गर्दछु ।
’आज रुकुम पूर्वको निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गराउँदै प्रचण्डले यो क्षेत्रलाई जनयुद्धसँग जोडिएको ऐतिहासिक जिल्लाको रूपमा उल्लेख गर्नुभयो।

मनोनयन दर्तापछि जारी गर्नुभएको सन्देशमा प्रचण्डले भन्नुभएको छ:
रुकुम पूर्व माओवादी जनयुद्धको प्रमुख आधार क्षेत्र रहेकाले यो क्षेत्र प्रचण्डका लागि विशेष महत्व राख्छ। यो पटक चार पूर्वप्रधानमन्त्रीहरू (केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई) प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गरिरहनुभएको छ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मतदाताहरूले भ्रष्टाचारमुक्त, समृद्ध र न्यायपूर्ण नेपाल निर्माणका लागि निर्णायक मतदान गर्ने अपेक्षा गरिएको छ।








प्रतिक्रिया दिनुहोस्