काठमाडौं, ४ माघ — राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठ ले पदबाट राजीनामा दिएका छन्। संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार श्रेष्ठले आज औपचारिक रूपमा राजीनामा बुझाएका हुन्।
राजीनामापछि श्रेष्ठ प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ निर्वाचन लड्ने तयारीमा जुटेका छन्। उनी सर्लाही ३ बाट प्रतिनिधिसभाका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । आगामी २१ फागुन मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ता हुँदैछ। सोही निर्वाचनलाई लक्षित गर्दै उनले उम्मेदवारी दर्ता हुनुभन्दा दुई दिनअघि राष्ट्रिय सभा सदस्यबाट अलग हुने निर्णय गरेका हुन्।
६५ वर्षीय श्रेष्ठको राष्ट्रिय सभा सदस्यको कार्यकाल आगामी २० फागुन मा सकिँदै थियो। कार्यकाल सकिनु एक महिना अघि नै उनले राजीनामा दिएर प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा उत्रिने संकेत दिएका छन्।
श्रेष्ठ यसअघि २०७० सालमा मकवानपुर र २०७४ सालमा गोरखा बाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए। त्यसपछि उनी २०७६ सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए।
राजीनामासँगै श्रेष्ठ कुन निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने भन्ने विषय भने सार्वजनिक गरिएको छैन। तर पार्टी स्रोतका अनुसार उनी सुरक्षित र राजनीतिक रूपमा प्रभावशाली क्षेत्रबाट चुनाव लड्ने तयारीमा रहेका छन्।
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा शीर्ष नेताहरूले पद त्याग गरेर प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिन थालेसँगै राजनीतिक सरगर्मी थप बढ्ने देखिएको छ।








प्रतिक्रिया दिनुहोस्