रुकुम, ११ पुस । रुकुम पश्चिममा नेपाली सेना द्वारा बम डिस्पोज १२ पौष २०८२ रुकुम पश्चिमको चौरजहारी नगरपालिका १ एयरपोर्टमा भेटिएको विस्फोटक पदार्थ (सकेट बम) निष्क्रिय पारिएको छ।
हिजो शुक्रवार बेलुका चौरजहारी विमानस्थल नजिकै स्थानीय धीरजबहादुर क्षेत्रीको घरको कम्पाउन्डको वाल लगाउन जग खन्ने क्रममा बम फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार स्थानीयले विस्फोटक पदार्थ रहेको भने प्रहरीलाई सूचना दिए लगत्तै इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक अजय डाङ्गीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ।
घटनास्थलमा विस्फोटक पदार्थ रहेको सकेट बम जस्तो शङ्कास्पद वस्तु देखिएपछि प्रहरीले बम डिस्पोज गरेको जनाएको छ। बम डिस्पोजलका नेपाली सेनाको चण्डी दलगणबाट सेनाको टोली घटनास्थल आइपुगेको थियो । सेनाले आवश्यक तयारीका साथ बम डिस्पोज गरेको हो। सशस्त्र जनयुद्धको बेला उक्त स्थानमा नेपाली सेनाको ब्यारेक रहेको थियो



















प्रतिक्रिया दिनुहोस्