काठमाडौं १५ भदौ । नेपालले पहिलो पटक चिनिया राष्ट्रपति सी जिनपिंगले अघि बढाएको विआरइसँगै ग्लोवल सेक्युरिट इन्सिएटिभलाई पनि समर्थन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनिया सरकारले अघि बढाएको वैश्विक पहलहरु मध्ये वैश्विक सुरक्षा पहल(द ग्लोवल सेक्युरिटि इन्सिएटिभ) लाई सांघाइ कोअपरेशन अर्गनाइजेशनको वार्षिक शिखर सम्मेलनका क्रममा भएको दुई पक्षीय वार्तामा समर्थन गर्ने प्रतिवद्धता जनाएका छन ।
प्रधानमन्त्री ओली र चिनिया राष्ट्रपतिका बीचमा शनिबार सांझ चीनको तियान्जीन शहरमा दुई पक्षीय वार्ता भएको थियो । परराष्ट्र सचिव अमृत बहादुर राईका अनुसार करिब २५ मिनटे प्रतिनिधिमण्डल स्तरमा र करिब २० मिनेट प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग वान अन वान वार्ता गरेका थिए ।
भेटवार्ता लगत्तै चिनिया विदेश मन्त्रालयले जारी गरेको प्रेस वक्तव्यमा नेपालका प्रधानमन्त्री ओलीले विआरआई, ग्लोबल डेभलपमेन्ट इन्सियटिभ र ग्लबोल सेक्युरिटि इन्सिएटिभ तथा ग्लोबल सिभिलाइजेशन इन्सियटिभलाई समर्थन गर्ने प्रतिवद्धता जनाएको उल्लेख गरिएको छ ।
तर नेपालको परराष्ट्र मन्त्रालयले अहिलेसम्म कुनै वक्तव्य निकालेको छैन भने बेइजिंग स्थित नेपाली दूतावासले जारी गरेको वक्तव्यमा भने यसबारेमा कुनै उल्लेख गरिउको छ ।
नेपाली दूतावासले जारी गरेको वक्तव्यमा प्रधानमन्त्री ओलीले हालै चीन र भारतले लिपुलेकलाई सीमा नाका र बजार बनाउन सहमति गरेको भन्ने कुराप्रति राष्ट्रपति सीको ध्यानाकर्षण गराएको उल्लेख गरिएको छ । तर चिनिया विदेश मन्त्रालयलले जारी वक्तव्यमा यस विषयमा कुनै उल्लेख गरिएको छैन ।

चिनिया विदेश मन्त्रालयले जरी गरिएको वक्तव्यमा भनिएको छ ।
प्रधानमन्त्री ओलीले नेपाल–चीन सम्बन्ध धेरै परीक्षाहरूबाट गुज्रिएर झन् बलियो बनेको बताए। दुवै पक्षले सधैं एकअर्काको सम्मान र विश्वास गरेका छन् र एकअर्काको चासोलाई ध्यान दिएका छन्। चीनसँगको सहकार्यले नेपालको आर्थिक र सामाजिक विकासमा उल्लेखनीय योगदान पुर्याएको छ। नेपाल एक–चीन सिद्धान्तप्रति दृढतापूर्वक प्रतिबद्ध छ, ‘ताइवान स्वतन्त्रता’ को दृढतापूर्वक विरोध गर्छ र कुनै पनि शक्तिलाई आफ्नो भूभाग प्रयोग गरेर चीनको हितविरुद्ध काम गर्न अनुमति दिँदैन। नेपाल निरन्तर विकास हासिल गर्न प्रतिबद्ध छ र बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को सन्दर्भमा चीनसँग सहकार्यलाई गहिरो बनाउन उत्सुक छ। हामी व्यापार, लगानी, कृषि, विज्ञान र प्रविधि, पर्यटन, जलवायु प्रतिक्रिया, र अन्य क्षेत्रमा चीनसँग सहकार्यलाई बृद्धि गर्नेछौं र थप सकारात्मक परिणामहरू प्रदान गर्नेछौं। नेपालले चीनले प्रस्ताव गरेको ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ, ग्लोबल सेक्युरिटी इनिसिएटिभ, र ग्लोबल सिभिलाइजेशन इनिसिएटिभलाई समर्थन गर्छ, शाङ्घाई सहकार्य संगठन (एससीओ )को भूमिकालाई मूल्यवान ठान्छ, ‘शाङ्घाई स्पिरिट’ लाई सक्रिय रूपमा समर्थन गर्छ, र अन्तर्राष्ट्रिय मामिलामा चीनले अझ ठूलो भूमिका खेलोस् भन्ने अपेक्षा राख्छ।
यसभन्दा पहिलेसम्म चिनिया पक्षले अनुरोध गरे पनि नेपालले सेक्युरिटि इन्सियटिभलाई समर्थन गरेको थिएन ।








प्रतिक्रिया दिनुहोस्