ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रञ्जितालाई हटाएर बुवा लालवीरलाई नाउपाको अध्यक्ष बनाए रेशमले


abc news

काठमाडौं, १५ साउन । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफ्ना बुवा लालवीर चौधरीलाई पार्टीको नयाँ अध्यक्ष बनाएका छन् ।

काठमाडौंमा बुधबारदेखि भएको प्रथम राष्ट्रिय भेलाबाट वर्तमान अध्यक्ष एवम् पत्नी रञ्जिता चौधरीलाई पार्टीको साधारण सदस्यबाटसमेत हटाउने निर्णय पारित गराउँदै रेशमले बुवालाई नेतृत्व सुम्पिएका हुन् ।

नाउपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी शिव बास्तोलालाई दिएकी रञ्जितालाई पार्टीबाटै बिदा गर्ने निर्णय रेशमले राष्ट्रिय भेलाबाट गराएका हुन् ।

पार्टीको विवाद चलिरहेका बेला अध्यक्ष श्रेष्ठले गत आइतबार कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष बास्तोलालाई दिएकी थिइन् ।

अघिल्लो शुक्रबार बहुमत केन्द्रीय सदस्यहरूको बैठकले २४ घन्टाभित्र बैठक बोलाउन अल्टिमेटम दिएपछि कारबाहीबाट जोगिन उनले यो निर्णय गरेकी थिइन् ।

अध्यक्ष श्रेष्ठले आफू अस्वस्थ रहेको भन्दै पोखरा महानगरपालिका–६ निवासी पार्टीका वरिष्ठ नेता बास्तोलालाई कार्यवाहकको जिम्मेवारी दिएको रञ्जिताले बतएकी थिइन् ।

तर नाउपाका संरक्षक तथा उनका पति रेशम चौधरीले उनलाई अध्यक्षबाट हटाएर बुवा लालबीर चौधरीलाई पार्टीको नेतृत्व जिम्मा लगाएका छन् । रेशमले केन्द्रीय समिति बैठक फेस नगरी आफूखुसी कार्यवाहक अध्यक्ष तोक्दै हिँडेको भन्दै रञ्जितालाई हटाएका हुन् ।

रेशम पक्षको राष्ट्रिय भेलाले बुधवार साँझ रन्जितालाई हटाउने निर्णय गरेको थियो । रञ्जिताले आफूखुसी गरेको भन्दै रिसाएका रेशमले अब पार्टीमा पनि सम्बन्ध तोडेका हुन् । नागरिक उन्मुक्ति २०७९ को पहिलो चुनावबाटै आश्चर्यजनक रूपमा उदाएको थियो । उसले प्रतिनिधिसभामा चार सिट जितेको थियो । उता सुदूरपश्चिम र लुम्बिनी प्रदेश सभामा पनि नाउपाले प्रतिनिधित्व गर्छ।

रेशमले कारबाही गरेपछि अब रञ्जिता पक्षधरले पनि आफ्नो निर्णय लिन सक्नेछ । यसलाई लिएर रञ्जिताले असन्तुष्टि जनाइसकेकी छन् । उनले संसदीय दलका नेता गंगाराम चौधरीसँग बिहीबार नै स्पष्टीकरण सोधेकी छन् ।

श्रेष्ठले आफू अस्वस्थ भएको भन्दै बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी थिइन्। बहुमत केन्द्रीय सदस्यहरूले शुक्रबार २४ घन्टाभित्र बैठक बोलाउन अल्टिमेटम दिएपछि उनले कारबाहीबाट बच्न हतारमा यस्तो निर्णय गरेकी थिइन् । तर नाउपाको राष्ट्रिय भेलामार्फत् रेशमले उनलाई पार्टीबाट बाहिरको बाटो देखाएको हो ।

‘रञ्जिताजीले केन्द्रीय कमिटी बोलाएर जवाफ दिनुपर्थ्यो। कार्यवाहक तोकेकोमा मलाई चित्त बुझेको छैन। बैठक राखेर कार्यवाहक तोक्नुपर्थ्यो। कार्यकर्ताले आफ्नो अध्यक्ष र कार्यवाहक अध्यक्ष चिन्नुपर्छ’, उनले बुधबार भनेका थिए ।

उनले यो अवस्थाको जिम्मेवारी कसको हो भन्ने स्पष्ट रहेको पनि बताएका थिए । ‘राजनीतिक दलमा उथलपुथल भइरहन्छ, तर यो सबै स्वीकारेर अघि बढ्नुपर्छ। उहाँ (रञ्जिता) लाई अध्यक्ष बनाउने वा नबनाउने कुरा साथीहरूको हो। मेरो व्यक्तिगत धारणा बुवालाई बनाउनुपर्छ भन्ने होइन’, उनले काठमाडौंमा बुधबार भनेका थिए ।

यससँगै पार्टीभित्रको शक्ति सन्तुलन र निर्णय प्रक्रियालाई लिएर उत्पन्न संकटले नाउपा गम्भीर अन्योलमा परेको छ। केन्द्रीय समिति बैठकबाट रञ्जितालाई हटाउने निर्णयले पार्टी पनि पहिलो चुनाव जितेकै कार्यकालयमा संकटमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com