ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

के कारण ढिलाई भयो वाम एकता घोषणा ?


admin

काठमाडौं, २० चैत । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणअघि नै गर्ने भनिएको एमाले र माओवादी एकता लम्बिएको छ । राजनीतिक र सांगठनिक तथा विधान कार्यदलले प्रतिवेदन टुंग्याइसके पनि तीन विषयमा तत्काल गाँठो फुक्ने स्थिति नदेखिएपछि एकता घोषणाको तयारी लम्बिएको हो । तीनवटै विषय गम्भीर र आपसमा जेलिएका कारण दुवै दल गृहकार्यविना तत्काल एकता घोषणाको मिति टुंग्याइहाल्ने पक्षमा देखिएका छैनन् ।

सहमति जुट्न नसकेका विषयमा छलफल गर्न आज(मंगलबार) एकता संयोजन समितिको बैठक बस्दै छ । ‘बैठकले कार्यदलको प्रतिवेदन ग्रहण गरिसकेपछि आवश्यक विषयमा कार्यदल सदस्यसहितको उपस्थितिमा छलफल हुन्छ,’ एमाले उपाध्यक्ष वामदेव गौतमले नयाँ पत्रिकासँग भने, ‘सकेसम्म मंगलबार नै टुंग्याउने प्रयास गर्छौं, टुंगिएन भने छलफल हुँदै जान्छ ।’

एकीकृत पार्टीको केन्द्रीय कमिटीदेखि तल्लो तहसम्म दुवै पार्टीबाट सहभागिताको अनुपात, चुनाव चिह्न र जनयुद्ध शब्द टुंगो लाग्न बाँकी छ । ‘तीनवटै विषय धेरै महत्वपूर्ण छन्, आपसमा जेलिएका पनि छन्, त्यसैले पार्टी एकता संयोजन समितिबाटै टुंगो लगाउने गरी प्रतिवेदन बुझाइने निर्णय भएको छ,’ संगठन तथा विधानसम्बन्धी कार्यदलका सदस्य बेदुराम भुसालले भने । कार्यदलका संयोजक रामबहादुर थापाले कार्यदलबाट सम्भव नहुने भन्दै टुंगिन बाँकी तीनवटै विषय राखेर प्रतिवेदन बुझाउँदा उपयुक्त हुने प्रस्ताव गरेका थिए । थापाको प्रस्तावप्रति एमाले महासचिव ईश्वर पोखरेलले पनि सहमति जनाएका छन् ।

वैशाख ९ मा एकता घोषणासभा
एमाले उपाध्यक्ष वामदेव गौतमले ९ वैशाख ०७५ मा (२२ अप्रिल)मा दुई पार्टीबीच एकता घोषणासभा गर्ने तयारी भइरहेको बताए । ‘सकेसम्म मंगलबार नै टुंग्याउने प्रयास हुन्छ, टुंगिएन भने छलफल हुँदै जान्छ, तर ९ वैशाखमा दुवै पार्टी एक भएको घोषणा हुनेछ,’ गौतमले भने ।

टुंगिन बाँकी तीन विषय

१. एकताको संख्या अनुपात 
कार्यदलमा केन्द्रीय कमिटी २ सय ९९ सदस्यीयसहित दशवटै तहका कमिटीहरूको संख्या टुंगिएको छ । तर, दुई पार्टीबाट कति–कति प्रतिशत अनुपातमा सहभागिता रहने भन्ने विषय टुंगिएको छैन । यद्यपि, दुवै पार्टीका नेताहरूले एकतामा नीति, सिद्धान्त र लक्ष्य महत्वपूर्ण रहेकाले कसको कति प्रतिशत सहभागिता ठूलो नहुने बताउँदै आएका छन् । एमाले माओवादीको जनमत र निर्वाचनमा बाँडिएको सिटलाई ध्यान दिँदै अनुपात मिलाउने पक्षमा छ । तर, माओवादी भने त्यसरी जाँदा विलयको अर्थ लाग्ने भन्दै समानतालाई आधार मान्नुपर्ने भन्दै बढीभन्दा बढी हिस्सा लिने रणनीतिमा देखिन्छ ।

२. विधानमा ‘जनयुद्ध’ शब्द  थप्ने कि नथप्ने ?
विधान मस्यौदाको सुरुकै प्रस्तावनामा  ‘जनआन्दोलन र जनक्रान्तिका उपलब्धि’ लेखिए पनि ‘जनयुद्ध’ शब्द राख्ने कि नराख्ने भन्ने विषय अझै टुंगिएको छैन । ‘जनक्रान्ति’ लेखिसकेपछि ‘जनयुद्ध’को भाव समेट्ने एमालेको अडान छ भने माओवादीले ‘जनयुद्ध’ शब्द नै राख्नुपर्ने तर्क गरिरहेको छ ।

३. चुनाव चिह्न : सूर्य कि सूर्यभित्र हँसिया–हथौडा ?
माओवादी नेताहरूले सूर्यभित्र हँसिया–हथौडा राखेर चुनाव चिह्न बनाउनुपर्ने अडान राखेका छन् । तर, एमाले नेताहरूले भने सूर्य चिह्न मात्रै राख्नुपर्ने तर्क गरेका छन् । ०४८ देखि जनस्तरमा परिचित भएकाले सूर्य चिह्न प्रभावकारी हुने एमालेको तर्क छ ।

उपयुक्त समयमा एकता : प्रधानमन्त्री

अहिले भारत भ्रमणअघि कि पछि एकता ? एकता ढिलो भयो जस्ता चर्चा चलिरहेको छ । एकता प्रक्रियाबाट हुने हो, अघि पनि हुन सक्छ, पछि पनि हुन सक्छ । उपयुक्त ढंगले उपयुक्त समयमै हुन्छ, छिटो–ढिलो भन्ने हुँदैन,’ सोमबार मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा प्रधानमन्त्री ओलीले भने ।

एमालेको विकल्प

सूर्य चिह्न बटमलाइन, जनयुद्धमा लचक
एमालेले एकताका लागि सूर्य चुनाव चिह्नलाई बटमलाइन बनाएको छ भने ‘जनयुद्ध’ शब्दलाई प्रस्तावनामा उल्लेख गर्न केही लचिलो देखिएको छ । ‘सूर्य चिह्नसहित भोलि कसैले एमाले पार्टी गठन गर्‍यो भने के हुन्छ ? सूर्य चिह्न छाडेर अर्को रोज्ने आत्मघाती काम हामीबाट हुनै सक्दैन,’ एकताको काममा सक्रिय एक नेताले भने, ‘बरु प्रस्तावनामा इतिहासका रूपमा माओवादीले जनयुद्ध अंगीकार गरेको थियो उल्लेख गर्न सकिन्छ ।’

अनुपात अधिकतम ४० प्रतिशत
एमाले केन्द्रदेखि तल्ला कमिटीसम्म माओवादीलाई बढीमा ४०% अनुपात सहभागिता गराउन लचक देखिएको छ । माले–माक्सवादी एकतामा केन्द्रको राष्ट्रिय प्रतिनिधि परिषद्मा बहुमत र तल्ला कमिटीमा दुईतिहाइ हिस्सा मालेकै रहेको एमालेको तर्क छ ।

माओवादीको विकल्प

चुनाव चिह्न सूर्यभित्र हँसिया–हथौडा
माओवादीले ‘जनयुद्ध’ शब्द प्रस्तावनामा राख्न एमाले सहमत भइसकेकाले सूर्यभित्र हँसिया–हथौडा चुनाव चिह्न राखेर सहमति खोज्न सकिने विकल्प अघि सारेको छ । ‘हामी दुई पार्टी एक भएर नयाँ पार्टी बनाउँदै छौँ, चुनाव चिह्न पनि दुवै पार्टी समेटिने गरी सूर्यभित्र हँसिया–हथौडा राख्दा सकारात्मक सन्देश जान्छ भन्ने हाम्रो भनाइ हो,’ माओवादी नेता देवेन्द्र पौडेलले भने ।

संख्याभन्दा समानताको स्पिरिट
माओवादीले समानताका आधारमा पार्टी एकता हुनुपर्ने स्पिरिट रहेकाले त्यस्तो भाव झल्किने गरी एकता हुनुपर्ने प्रस्ताव अघि सारेको छ । ‘दुवै पार्टी अध्यक्षको समान हैसियत हुने भएपछि तहगत संरचना पनि त्यही स्पिरिट मिलाउनुपर्छ भन्ने हाम्रो प्रस्ताव हो, यसमा विस्तृत छलफल हुन बाँकी छ,’ पौडेलले भने । – नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com