ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बराबरी सिद्धान्तका आधारमा मात्रै पार्टी एकता : अध्यक्ष दाहाल


admin
चैत्र १९, २०७४ सोमबार  ६ : २८ बजे

चितवन, १९ चैत ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बराबरी सिद्धान्तका आधारमा पार्टी एकता गर्नुपर्ने बताउनुभएको छ ।

भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “पार्टी एकता सिद्धान्ततः प्रतिशतका आधारमा हुँदैन । चुनाव जस्तो होइन भन्न खोजिएको मात्रै हो । बराबरी सिद्धान्तको आधारमा पार्टी एकता गर्नुपर्छ भन्न खोजिएको हो ।” यसले पार्टी एकतामा अप्ठ्यारो पर्ने स्थिति नभएको बताउँदै उहाँले एक पटक छलफल गरेपछि सबै कुरा टुङ्गिने स्पष्ट गर्नुभयो ।

प्रधानमन्त्रीको भारत भ्रमणअघि पार्टी एकता सम्भव नभएको बताउँदै अध्यक्ष दाहालले कार्यदलले दिएको प्रतिवेदनअनुसार नै आगामी वैशाख ९ गते पार्टी एकता हुने ठोकुवा गर्नुभयो ।

अध्यक्ष दाहालले मंगलबार पार्टी एकता संयोजन समितिको बैठकमा दुई वटै कार्यदलको प्रतिवेदन औपचारिक ढंगले प्रस्तुत हुने जानकारी दिँदै उहाँले संयोजन समितिमा मंगलबारदेखि नै प्रतिवेदनलाई अन्तिम रुप दिनका लागि छलफल शुरु हुने बताउनुभयो ।

फरक प्रसंगमा उहाँले प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा केही छलफल भएको बताउँदै भन्नुभयो, “यस बारेमा पनि मंगलबार संयोजन समितिमा छलफल हुन्छ ।” पत्रकारले “तपाईंको सम्पर्क कार्यालयमा नेकपाले वारेन्ट पूर्जी जारी गरेको छ नि ?” भन्ने प्रश्नमा अध्यक्ष दाहालले भन्नुभयो, “यो वाहियात कुरा हो, जवाफ दिन चाहन्न ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

परराष्ट्रमन्त्री खनालको सम्पत्तिः छ कम्पनीमा लगानी, २२ तोला सुन

बालेनको सम्पत्ति– मधेशमा १० बिघा जग्गा, १ करोड ४६ लाख नगद र १९० तोला गरगहना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कृषिमन्त्रीले सम्पत्तिमा देखाइन् २ वटा बाख्रा र १० वटा कुखुरा

परराष्ट्रमन्त्री खनालको सम्पत्तिः छ कम्पनीमा लगानी, २२ तोला सुन

सीता वादीको पशुधनमा २० वटा कुखुरा, एउटा कुकुर

स्वास्थ्यमन्त्री निशासँग ३० तोला सुन र ५० तोला चाँदी

प्रधानमन्त्री बालेनकी श्रीमतीको १९० तोला गरगहना

बालेनको सम्पत्ति– मधेशमा १० बिघा जग्गा, १ करोड ४६ लाख नगद र १९० तोला गरगहना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com