ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसद्‍मा सभामुखको भूमिकामाथि प्रश्न


abc news
असार ३०, २०८२ सोमबार  २ : १४ बजे

काठमाडौ ३० असार । प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेको भूमिकालाई लिएर विपक्षी दलहरूले प्रश्न उठाएका छन् ।

खासगरी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा० र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले सभामुखले सदनको अवरोधलाई ख्याल नगरेर सदन चलाएको भनेर प्रश्न उठाएका हुन् ।

रास्वपा र राप्रपाले विगत ४७ दिनदेखि प्रतिनिधिसभाको काम कारबाहीमा भाग लिएका छैनन् । प्रत्येक दिन सदन सुरु भएपछि उठेर विरोध गर्ने र सभामुखले समय दिए आफ्ना कुरा राखेर दुवै दलका सांसदहरू सभाकक्षबाट बाहिरिने गरेका छन् ।

विपक्षी दलहरूको यस्तो शैलीलाई सभामुखले सामान्य रूपमा लिएको भनेर उनीहरूले नै सभामुख घिमिरेमाथि प्रश्न उठाएका हुन् ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन संसद्का दुई महत्त्वपूर्ण दलले बहिष्कार गर्दा पनि सदन चलाउने शैली कस्तो हो भनेर प्रश्न गरे ।

‘सभामुखको ध्यानाकर्षण गर्न चाहन्छु, यो संसदीय इतिहासमा कालो समय हो,’ उनले भने, ‘संसद्का दुई महत्त्वपूर्ण राजनीतिक पार्टीले कुरा उठाइराख्दा जबरजस्त संसद् चलाउने प्रयास भइराखेको छ ।’

यो सरकारको अकर्मण्यता मात्रै नभएको उनको आरोप छ । ‘यो केवल सरकारको अकर्मण्यता मात्रै होइन, सभामुख महोदय तपाईंको आफ्नो कार्यकालको सबैभन्दा कालो समयको रूपमा पनि यो उल्लेख रहने छ ।’

सभामुखले सदनको अवरोध खुलाउन पहल लिनुपर्ने उनको आग्रह छ । ‘सभामुखले पहल गर्नुपर्‍यो, प्रयास गर्नुपर्‍यो । छलफल गर्नुपर्‍यो । प्रतिपक्ष दलहरूले उठाएको आवाजलाई सम्बोधन गराउने प्रयास गर्नुपर्‍यो,’ सभामुख घिमिरेलाई अध्यक्ष लिङ्देनको सुझाव छ ।

रास्वपाका सांसद अशोककुमार चौधरी संसदीय अभ्यासमा सभामा एक जना उभिए पनि अवरोध मानिने मान्यता रहेको बताउँछन् ।

तर, नेपालमा प्रमुख दुई दलले नै बहिष्कार गर्दा समेत सदन चलाउने अभ्यास भएको भनेर उनले यसमा सभामुखको भूमिकामाथि प्रश्न उठाए ।

यो विषय विगतमा गृहमन्त्री रमेश लेखकले निकै वकालत गरेको पनि उनले स्मरण गरे । फेरि पनि सुधारका लागि सभामुखले पहल लिनुपर्ने उनको आग्रह छ ।

‘यहाँ ४७ दिनदेखि प्रतिपक्ष उभिँदा समेत सरकारले देखिरहेको छैन । सम्माननीय सभामुखज्यूले पनि सदन सुचारु गरिाख्नुभएको छ,’ चौधरीले भने, ‘यो संसदीय मूल्य मान्यता विपरीत हो ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नवनिर्वाचित सांसदहरूले लिए शपथ (फोटो फिचर)

सर्वोच्च अदालतले नै शंका गर्‍यो : कार्की नेतृत्वको जाँचबुझ आयोग निष्पक्ष छैन

सम्बन्धित

नवनिर्वाचित सांसदहरूले लिए शपथ (फोटो फिचर)

शपथअघि सांसदहरूको प्रतिबद्धता: “जिम्मेवारी बढेको महसुस”

प्रतिवेदनमाथि प्रदीप ज्ञवालीको प्रश्न: गोलीप्रहारमा विस्तृत, विध्वंसमा मौनता किन?

भदौ २३ को घटना र कार्की आयोगको प्रतिवेदन: विश्लेषण

भदौ २४ गते सरकारी, व्यापारिक र निजी भवनमा आक्रमण गर्ने को थिए ?

सिंहदरबार आगजनी गर्ने भेटिएनन्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com