ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सात बुृँदे घोषणापत्र जारी गर्दै विश्व नेवाः सम्मेलन सम्पन्न


admin

काठमाडौँ, १८ चैत । शुक्रबार शुरु भएको विश्व नेवाः सम्मेलन सात बुँदै घोषणापत्र जारी गर्दै शनिबार सम्पन्न भयो । सम्मेलनले हरेक वर्ष मार्च महिनाको अन्तिम शनिबार विश्वभर हलिं नेवाः दिँ (विश्व नेवाः दिवस) मनाउने परम्परालाई अगाडि बढाउने निर्णय गरेको छ । नेवाः साहित्य, कला, संस्कृति र पत्रकारिताको श्रीवृद्धिका लागि हलिं नेवाः कोष स्थापना गर्ने घोषणा पनि गरिएको छ ।


विकासका नाममा काठमाडौँ उपत्यकाका जनतालाई विस्थापित गर्ने किसिमबाट सरकारले ल्याएका योजनामा अन्तर्राष्ट्रिय क्षेत्रबाट दबाब सिर्जना गर्ने, नेपालमा बोलिने सबै भाषालाई नेपाली भाषा नै भन्ने, नेवाः वाङ्मयलाई अन्तर्राष्ट्रियकरण गर्दै लैजाने विषयहरु घोषणापत्रमा समावेश छ ।

सम्मेलनको समापन गर्दै वल्र्ड नेवाः अर्गनाइजेशनका अध्यक्ष सिजन श्रेष्ठले संस्थाको आउँदौ तेश्रो वार्षिक साधारणसभा र तेश्रो विश्व नेवाः सम्मेलन काठमाडौं उपत्यकामै गर्ने घोषणा पनि गर्नुभयो ।

सम्मेलनको अन्तिम दिन शनिबार सडक विस्तारका नाममा स्थानीय जनतालाई विस्थापित गर्ने र काठमाडौं उपत्यकाको जीवन्त कला, पर्व, संस्कृति र सम्पदा मास्ने ढंगले भइआएका कामको विषयमा ‘हाम्रो थातथलो हाम्रो सरोकार’ विषयमा प्यानल डिस्कसन भएको थियो । यो छलफलमा सांसद राजेन्द्र श्रेष्ठ, अधिवक्ता शंकर लिम्बू, नेवाः दे दबूका अध्यक्ष नरेश ताम्राकार, उपत्यका सडक विस्तार पीडित संघर्ष समितिका संयोजक सुमन साय्मी र राससका प्रधान सम्पादक राजु शाक्य सहभागी हुनुहुन्थ्यो ।

नेपालमा यो सम्मेलन चलिरहँदा विश्वका विभिन्न मुलुकमा बसोबास गर्दै आएका नेवार समुदायले विविध कार्यक्रमको आयोजनासहित विश्व नेवाः दिवस मनाएका थिए ।
शुक्रबार वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले नेवाः परम्पराअनुसार पानसमा बत्ती बाली सम्मेलनको उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन समारोहमा नेवाः आन्दोलनका अगुवाहरु शताब्दी पुरुष जोशी, पद्मरत्न तुलाधर र माणिकलाल श्रेष्ठलाई सम्मान गरिएको थियो । सम्मेलनमा विभिन्न १७ मुलुकमा रहेका नेवाः समुदायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com