ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
उत्पादनमुखी बजेटको  अवसरहरु के के छन ? निरज गिरी , अर्थविद् ▶
उत्पादनमुखी बजेटको अवसरहरु के के छन ? निरज गिरी , अर्थविद्
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दरबारमार्ग सामुहिक बलात्कार काण्डमा आयो नँया ट्वीष्ट, अभियुक्तले भने मलाई फसाएको हो


admin
चैत्र १५, २०७४ बिहीबार   ७ : ४९   बजे

काठमाडौं, १५ चैत । काठमाडौंको दरबारमार्गस्थित होटल ल्यान्डमार्कमा भएको भनिएको सामूहिक बलात्कारका मुख्य आरोपी शैलेश कार्कीको बयान सकिएको छ।

बयानमा शैलेशले सामूहिक बलात्कार अस्वीकार गर्दै आफुलाई फसाएको दाबी गरेका छन्। पीडित युवतीका प्रेमी भनिएका शैलेशले पहिलादेखि नै युवतीसंग सम्बन्ध रहँदै आएको र त्यसदिन पनि सहमतिमै दुई पटक यौन सम्पर्क भएको बयान दिएका छन्। उनले आफूहरु प्रेमीप्रेमिका भएको र विवाह गर्ने सहमतिपछि प्रहरी कार्यालयबाट छुट्टिएको बताएका छन्।

‘आजभन्दा आठ महिनाअघि फेसबुकबाट चिनजान भई ६ महिनाअघिदेखि भेटघाट गरी देखभेट भई चिनजान भएको हो’, शैलेशले बयानमा भनेका छन्, ‘कमलादीस्थीत होटल ल्यान्डमार्क अपार्टमेन्टमा पुगेपछि म र जाहेरीवाली दुवैजना एउटै कोठामा बस्यौं। अन्य साथीहरु अन्य कोठामा बसे। जाहेरीवाली र म एउटै कोठामा कुराकानी गर्दागर्दै रातिको समयमा जाहेरीवालीसँग निजको सहमतिमा मैले निजलाई दुईपटक सहमतिमा शारीरिक सम्पर्क भएको हो। त्यसपछि विस्तारामा मोबाइल खेलाउँदै गर्दा फोन आएकाले एक अर्काको मोबाइल चेक गर्ने निहुँमा सानो विवाद आएका हुनाले सोही रुममा रहेको अर्को बेडमा गएर सुतेको हुँ। निदाएपछि बिहान मात्रै थाहा भई बिउझँदा उसले मलाई घरसम्म पुर्‍याइदिन आग्रह गरेकी थिई।’

घटनाका चार आरोपीमध्ये शैलेशमात्र पक्राउ परेका छन्। प्रहरी अनुसन्धानमा बलात्कारको घटना मिलाउन शैलेशको समूहले ३० लाख रुपैयाँ दिएको खुलेको थियो। शैलेशले भने विवाह गर्ने सहमतिपछि घटना मिलेको बताएका छन्। प्रहरीमा उजुरी परेको कुराले आफू आश्चर्य चकित परेको पनि उनले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

भाइरल भिडिओले समस्यामा रास्वपा सांसद सृष्टी : कारबाही गर्न माग

सम्बन्धित

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

तीन मौसमी वायुको प्रभाव :आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

कर्णालीले ल्यायो ३५ अर्ब ३९ करोड बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा (पूर्णपाठ)

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

कोसी प्रदेशको बजेट ४० अर्ब ४४ करोड रुपैयाँ (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group