ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्वाचन हुने प्रदेशमा बुधवार वर्षा हुने


admin

काठमाडौ, १३ असार । बुधबार देशका तीन वटा प्रदेशमा स्थानीय तहको निर्वाचन हुँदैछ । वर्षायाममा निर्वाचन हुने भएकाले निर्वाचनमा असर पर्ने देखिएको छ । मौसम पुर्वाअनुमान शाखाले बधबार पुर्वी वायुका कारण मौसम दिनभरी नै सक्रिय रहने जनाएको छ । निर्वाचन हुने तीन वटै प्रदेशमा छिटफुट बर्षा साथै पुर्वी पहाडी भु भागमा बढी बर्षात हुने विभागको अनुमान छ ।
स्थानीय तहको दोस्रो चरणको निर्वाचन प्रदेश नम्बर १, ५ र ७ मा बुधबार बिहान ७ बजेबाट मतदान हुने कार्यक्रम छ । लामो समयपछि हुन लागेको यो स्थानीय तहको निर्वाचनका लागि सरोकारवालादेखि सम्पुर्ण नागरिक नै हौसिएका छन । तर मनसुन समय भएकाले र त्यसमा पनि भौगोलिक विकटताका कारण मतदाताहरुको सहभागिता र मत कतिको खस्ने हो भन्ने चिन्ता छ । मनसुनको समय भएकाले बुधबार पनि दिनभरी नै मौसम सक्रिय रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भु भागमा पानी अझ बढी पर्ने सम्भावना रहेको मौसम पुर्व अनुमान शाखाका वरिष्ठ मौसमविद् राजुधर प्रधानाङ्गले जानकारी दिए ।
प्रधानाङ्गका अनुसार निर्वाचन हुने तीन वटै प्रदेशमा बर्षाको सम्भावना रहे पनि पुर्वी पहाडी क्षेत्रमा अझ बर्षा बढी हुने सम्भावना छ ।
निर्वाचन प्रभावकारी रुपमा सफल बनाउन जिम्मेवार निकाय निर्वाचन आयोगले मनसुनलाई मध्यनजर गरी पाल, टेन्ट आदि खरिद तथा भाडामा नै लिएर भएपनि ब्यवस्थित बनाउने प्रयास गरेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । मतदानको दिन बुधबार पानी पर्न सक्ने मौसम्विद्को भनाईपछि आयोगले वर्षातबाट मतदाता र मतपेटिका जोगाउन आवश्यक ब्यबस्था मिलाउन निर्देशन दिइसकेको समेत शर्माले बताए ।
बिहान पख बादल लाग्ने भएपनि दिउँसोबाट पानी पर्ने सम्भावना रहेकाले बिहानको समयमै मतदान गरिसक्नु उपयुक्त हुने मौसमविदहरुको सुझाव छ । साथै पानीबाट जोगिन छाता, रेनकोट (वर्षादी) बोकेर हिंडन पनि निर्वाचन आयोगले भनेको छ । वर्षायाममै भए पनि मतदान गर्न नागरिक उत्साहित छन् । त्यसैले नागरिकको मताधिकार प्रयोगलाई सहजता प्रदान गर्न सम्बन्धित निकायले ध्यान दिनु जरुरी छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com