काठमाडौ १५ जेठ । मकवानपुर – हेटौँडा– काठमाण्डौ जोड्ने कान्ति लोकपथ पहिरोका कारण अवरुद्ध भएको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्याङडाँडामा ढुङ्गासहितको सुक्खा पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिनु भयो ।
पहिरो आज बिहान ३ बजे खसेको हो । अहिले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रवक्ता अर्यालको बताउनु भयो ।







प्रतिक्रिया दिनुहोस्