ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वव्यापी कर लगाउने अमेरिकी व्यापार नीति अदालतले रोक्यो


abc news
जेष्ठ १५, २०८२ बिहीबार  १० : ५६ बजे

काठमाडौ १५ जेठ । अमेरिकी सङ्घीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी कर लगाएर आफ्नो अधिकार नाघेको फैसला सुनाएको छ ।

ह्वाइट हाउसले लागू गरेको आपतकालीन कानूनले धेरै देशमा कर लगाउने एकपक्षीय अधिकार प्रदान गर्दैन भन्दै अन्तर्राष्ट्रिय व्यापार अदालतले फैसला सुनाएको हो ।

राष्ट्रपति ट्रम्पले कर लगाएका देशहरूबाट सामान आयात गर्ने पाँच साना व्यवसायहरूको तर्फबाट दायर गरिएको मुद्दामा फैसला गर्दै अदालतले अमेरिकी संविधानले कंग्रेसलाई अन्य राष्ट्रहरूसँगको व्यापार नियमन गर्ने विशेष अधिकार बताएको बीबीसीले जनाएको छ । यो फैसलाले ट्रम्प प्रशासनको व्यापार कर नीतिमा धक्का पुर्‍याएको छ ।

यसैबीच अदालतले हिजो फैसला सुनाएको केही समयमै ट्रम्प प्रशासनले राष्ट्रिय आपतकालको अवस्थालाईलाई कसरी उचित रूपमा सम्बोधन गर्ने भन्ने निर्णय गर्ने काम न्यायाधीशहरूको नभएको भन्दै प्रतिक्रिया दिएको छ ।

ह्वाइट हाउसका उप प्रेस सचिव कुश देसाईले निकाल्नुभएको विज्ञप्तिमा राष्ट्रपति ट्रम्पले अमेरिकालाई पहिलो स्थानमा राख्ने प्रतिबद्धताका साथ काम अघि बढाउनु भएकामा अदालतको हस्तक्षेपले आर्थिक क्षेत्रमा आउनसक्ने सङ्कटलाई सम्बोधन गर्न कठिनाई हुने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राष्ट्रिय जेनजी–नागरिक अभियानले भन्याे-सरकार जनतामाथि क्रुर बन्याे

एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?

सम्बन्धित

अमेरिकामाथि नेपालको शानदार जित

असार १५ सम्मको संसदीय क्यालेन्डरमा परेन प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम

रूसी राष्ट्रपति पुटिनको चीन भ्रमणको कार्यक्रम सार्वजनिक

सी जिनपिङसँग वार्तालगत्तै ट्रम्पको चेतावनी–ताइवानले आफूलाई स्वतन्त्र घोषणा नगरोस्

प्रधानमन्त्री कार्यालयको नाम लिएर वडासचिव धम्क्याउने खड्का पक्राउ

संसद्‌मा निष्क्रिय प्रधानमन्त्री बालेन फेसबुकमा सक्रिय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com