काठमाडौ १४ जेठ । नेकपा एकीकृत समाजवादीले गणतन्त्र दिवसको अवसरमा जिल्लाको अवस्था अनुसार कार्यक्रम आयोजना गर्न मातहतका कमिटीलाई परिपत्र गरेको छ ।
महासचिव घनश्याम भुसालले बुधबार परिपत्र जारी गर्दै १८औं गणतन्त्र दिवसमा जिल्लाको अवस्था अनुसार कार्यक्रमहरू आयोजना गर्न सबै जिल्ला कमिटीलाई परिपत्र गरेका हुन् ।
२०८२ जेठ १५ गते १८औं गणतन्त्र दिवसको सन्दर्भमा सबै जिल्ला कमिटीले जिल्लाको अवस्था अनुसार विचाररप्रवचन गोष्ठी, र्याली, वृक्षरोपण वा अन्य कार्यक्रमहरूका साथ आयोजना गर्नका लागि यो परिपत्र जारी गरिएको छ,’ परिपत्रमा भनिएको छ ।







प्रतिक्रिया दिनुहोस्