काठमाडौ १४ जेठ । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै प्रतिपक्षी दलले प्रतिनिधिसभा अवरोध जारी राख्ने भएपछि सभामुखले दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्। संसद् खुलाएर आर्थिक सर्वेक्षण पेस गर्ने वातावरण बनाउन सभामुख देवराज घिमिरे सक्रिय भएका हुन्।
यसअघि मंगलबारको छलफलमा सहमति नजुटेपछि आज बुधबार पनि सभामुखले प्रमुख सचेतकहरूलाई छलफलमा बोलाएका हुन्।
आजै सत्तारुढ नेपाली कांग्रेस(नेकपा एमालेको बैठकले गृहमन्त्रीले राजीनामा पनि नदिने र संसद्मा उठेका प्रश्नहरूको जवाफ गृहमन्त्रीले दिने निर्णय गरेको थियो।
तर, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहितका विपक्षीले गृहमन्त्रीको राजीनामालाई नै बटमलाइन बनाएपछि सभामुखले सहमतिको प्रयास गरेका हुन्।







प्रतिक्रिया दिनुहोस्