काठमाडौ १३ जेठ । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलका भ्रातृ संगठनहरुले काठमाडौँको माघइतीघर मण्डलामा मंगलबार प्रदर्शन गरेका छन्।
प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहित समाजवादी मोर्चामा आवद्ध दलका भातृ संगठनले प्रदर्शन गरेका हुन्।
माओवादी केन्द्रको भ्रातृ संगठनहरू अखिल क्रान्तिकारी र योङ कम्युनिष्ट लिग वाईसीएल०, नेकपा एकीकृत समाजवादीका भ्रातृ संगठनहरु अनेरास्ववियू र युवा संघ नेपाल तथा नेपाल कम्युनिष्ट पार्टीको भ्रातृ संगठन अखिल समाजवादी र युवा संगठन नेपालले प्रदर्शन गरेका हुन्।
उनीहरुले गृहमन्त्रीको राजीनामा माग्दै भिजिट भिसा प्रकरणको छानबिन गर्न समेत माग गरेका छन्।









प्रतिक्रिया दिनुहोस्