ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुर्गा प्रसाईँका दुवै बडीगार्ड रिहा


abc news

काठमाडौ १३ जेठ । २०८१ चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको प्रदर्शनका जनकमाण्डर दुर्गा प्रसाईँका दुवै जना सुरक्षागार्ड रिहा भएका छन्।

प्रसाईँसँगै भारतबाट पक्राउ परेका दीपक खड्का र त्यसअघि नै पक्राउ परेका रामकुमार धिमाल तीनकुने र आसपासमा भएका आगजनी र तोडफोडमा संलग्न रहेको प्रमाण नदेखिएकाले रिहा गर्ने निर्णय भएको हो। उनीहरूलाई अभियोग पत्र दायर गर्नु पहिले नै सरकारी वकिल कार्यालय काठमाडौँले रिहा गर्ने निर्णय गरेको हो।

दुवै जना आइतबार बेलुका नै रिहा भएका हुन्। खड्का र धिमाल यसअघि प्रसाईँसँगै सर्वोच्च अदालतमा प्रवेश गर्दा पनि पक्राउ परेका थिए। अहिले पनि उनीहरूविरुद्ध हातहतियारको कसुरमा मुद्दा विचाराधीन छ।

तर यसपटक यो मुद्दामा भने उनीहरूलाई प्रतिवादी नबनाउने निर्णय भएको हो। उनीहरू दुई जनासँगै गोपिकृष्ण खड्का, सन्तोष चौधरी, एनी कुँवर भन्ने अनिता कुँवर, शिशिर जिसी, खेमराज सेढाई, मिनोज थापा र अनिल बस्नेतलाई कसुरमा संलग्न देखिएको प्रमाण नभेटिएको भन्दै रिहा गर्ने निर्णय भएको हो। उनीहरू आइतबार साँझ रिहा भएका हुन्।

आपराधिक उपद्रवमा म्याद थप गरिएका अरु २६ जनालाई पनि त्यसैदिन रिहा गरिएको थियो। यसअघि उनीहरूलाई पनि विभिन्न कसुरमा संलग्नता देखिएको दाबी गर्दै प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको थियो।

तर प्रहरीले प्रतिवेदन बुझाउँदा प्रमाण दिन नसकेको भन्दै सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको हो। दुर्गा प्रसाईँसहित ६१ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा र चार जनाविरुद्ध बाल अदालत भक्तपुरमा अभियोग दर्ता भएको छ। न्यायाधीश ध्रुवकुमार कार्कीको इजलासमा उनीहरूको बकपत्र भइरहेको छ। यसपछि बहस र थुनछेक आदेश हुनेछ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com