काठमाडौ १३ जेठ । प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ।
भिजिट भिसा प्रकरणमा विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद् अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक अघा घण्टा स्थगित गरेका हुन्।
गृहमन्त्री रमेश लेखक समेत भिजिट भिसा प्रकरणमा मुछिएको भन्दै उनले राजीनामा दिएर अनुसन्धानमा सघाउनु पर्ने विपक्षी दलहरुको माग छ।
गृहमन्त्रीको राजीनामा नआएसम्म संसद्को कामकारबाही चल्न नदिने उनीहरुको अडान छ।
यसैबीच सभामुख देवराज घिमिरेले सत्तारुढ नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई बोल्न समय दिन खोजेपछि गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी दलहरुले संसद्मा नाराबाजी सुरु गरेका थिए।
लगत्तै सभामुख घिमिरेले बैठक स्थगनको घोषणा गरेका हुन्।








प्रतिक्रिया दिनुहोस्