काठमाडौ १३ जेठ । नवलपुरको मध्यविन्दु नगरपालिका–७ अम्रसा जङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा मध्यविन्दु नगरपालिका–७ का २४ वर्षीय नविन कुमाल र त्यही ठाउँका २२ वर्षीय रादिम मिधुन रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डीएसपी मधु नेपालले जानकारी दिनुभयो ।
लु ९ प ८११६ नम्बरको मोटरसाइकल बाटो चिप्लो भएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
दुर्घटनामा पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–५ का २८ वर्षीय मनिष घर्ती मगर घाइते हुनुभएको छ । उहाँलाई थप उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर रिफर गरिएको छ । मोटरसाइकलमा तीन जना थिए ।







प्रतिक्रिया दिनुहोस्