काठमाडौ १२ जेठ । भ्रष्टाचार र अनियमिततामा संलग्न रहेको भनी प्रश्न उठेका मन्त्रीहरूलाई हटाउनुपर्ने माग राखेका नेताहरूलाई स्पष्टीकरण सोध्नुपर्ने भनी कांग्रेस सांसद तथा पूर्वमहामन्त्री डा। शशांक कोइरालाले पार्टी बैठकमा माग गरेपछि पार्टीभित्रै आलोचना सुरु भएको छ ।
कांग्रेस सांसद राजेन्द्र बजगाईंलले सामाजिक संजालमार्फत स्पष्टीकरण शशांक कोइरालालाई सोध्नुपर्ने भनी माग गरेका छन् ।
उपहार र राजनीतिक पदको सौदाबाजीका कुरा उठाउँदै बजगाईंले स्पष्टीकरण डा। कोइरालालाई सोध्नुपर्ने माग गरेका हुन् । म चाहँदैनथेँ कि मलाई किया र दुईवटा महिन्द्राजस्ता एसयूभी उपहारहरू, सुनको रोलेक्स घडी, नगदले भरिएका डफेल झोलाहरू, तथाकथित घरको जीर्णोद्धारु वा राजनीतिक पदहरूको सौदाबाजीबारे प्रश्न उठाउनुपरोस् । तर याद राख्नुहोस्, स्पष्टीकरण तपाईंलाई सोधिनै पर्नेछ, उनले सामाजिक संजालमा भनेका छन् ।
मन्त्रीहरूमाथि प्रश्न उठाउने नेताहरूलाई शशांक कोइरालाले स्पष्टीकरण सोध्नुपर्ने भनी पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा माग गरेका थिए । सांसदहरू डा। शेखर कोइराला, डा। सुनील शर्मा र बजगाईंलाई स्पष्टीकरण सोध्नुपर्ने माग गरेका थिए ।
उक्त विषयमा बजगाईंले भने, हामी भ्रष्टाचार विरोधी कुरा गरिरहेका छौं । भ्रष्टाचार भयो अथवा भिजिट भिसाको बारेमा कुरा गरेपछि त शभ्य, शालीन भएर पार्टी सभापतिलाई चिठी लेखेको थिए । भ्रष्टाचारबारे कुरा गर्दा उल्टो प्रष्टिकरण सोध्छु भन्ने ?रबाहिर आएर पनि उक्त कुरा बताउने तर उहाँ प्रवक्ता होइन, उनले भने, भ्रष्टाचार विरोधी कुरा गर्दा प्रष्टिकरण सोध्ने मान्छेले गिफ्ट लिन मिल्छ रु मिल्ट भन्ने मान्छे भ्रष्टाचारको पक्षधर हो ।
शेखर कोइरालालगायतले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि प्रश्न उठाउँदै राजीनामा गर्नुपर्ने माग गरेका थिए ।








प्रतिक्रिया दिनुहोस्