ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमन्त्रीको राजीनामा मागेका शेखरलाई स्पष्टीकरण सोध्न देउवाले बोलाए


abc news
जेष्ठ १२, २०८२ सोमबार  २ : ३८ बजे

काठमाडौ १२ जेठ । गृहमन्त्री रमेश लेखकमाथि कारबाही गर्नुपर्ने र गर्न नहुने विषयमा नेपाली कांग्रेसका नेताहरू विभाजित छन्। सोमबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले लेखकले राजीनामा दिनुनपर्ने निष्कर्षसमेत निकालिसकेको छ।

यद्यपि अध्यागमनमा सेटिङमार्फत नेपालीलाई विदेश पठाउने गरेको विषयमा मुछिएका लेखकले पदबाट राजीनामा दिनुपर्ने विषय उठाउनेलाई भने स्पष्टीकरण सोध्नुपर्ने माग बैठकमा उठेको थियो।

पूर्वमहामन्त्री डा।शशांक कोइरालाले यस विषयमा अभिव्यक्ति दिने डा।शेखर कोइराला, राजेन्द्र बजगाईं र सुनील शर्मालाई स्पष्टीकरण सोध्न सभापति शेरबहादुर देउवालाई प्रस्ताव गरिएको बताए।

नेताहरूलाई बोलाउनुस्, समाधान निकाल्नुस् र उहाँहरूलाई केके कुरा भएको हो सोध्नुस्, बैठकमा सभापतिलाई गरेको प्रस्तावबारे उनले भने, शेखर, सुनील शर्मा र राजेन्द्रलाई स्पष्टीकरण सोध्नुस् भनेर प्रस्ताव गरियो। सभापति सभापति शेरबहादुर देउवा० ले केही भन्नुभएन। हेर्छु मात्रै भन्नुभयो। मलाई लाग्छ, यो गर्नैपर्छ। उपाय छैन।

गृहमन्त्री लेखकले राजीनामा दिनु नपर्ने कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष

शेखर अहिले काठमाडौँ बाहिर छन्। उनी काठमाडौँ फर्किएलगत्तै सभापति देउवाले उनलाई स्पष्टीकरण सोध्ने प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए।

शेखर कोइराला अहिले काठमाडौँ बाहिर हुनुहुन्छ उहाँ १५ गते काठमाडौँ फर्किने भन्ने छ, उनले भने, उहाँ फर्किएपछि सभापतिले बूढानीलकण्ठ बोलाएर कुरा गर्ने स्पष्टीकरण सोध्ने भन्नेछ।

उनका अनुसार प्रतिपक्षीले भन्दा पहिले नै राजीनामा किन मागेको भन्ने विषयमा शेखरलाई स्पष्टीकरण सोध्न लागिएको हो। अपोजिसन पार्टीले कुरा उठाउनुअघि नै उहाँ९शेखर०ले सार्वजनिक रुपमै गृहमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ भन्नुभयो, उनले आजको बैठकमा उठेको विषयमा भने, जिम्मेवार नेताले पार्टीमा सरसल्लाह नगरी, छलफल नै नगरी यसरी अभिव्यक्ति दिन मिल्दैन भन्ने कुरा भयो।

शेखर पार्टीको १५औं महाधिवेशनमा सभापति पदमा उम्मेदवार हुने घोषणा गरेर देश दौडाहमा छन्। अहिले उनी पाँचथर पुगेको उनका सहयोगी दिनेश थपलियाले जानकारी दिए। थपलियाले स्पष्टीकरणको विषयमा केही जानकारी नआएको बताए।

कांग्रेस सांसद बजगाईंले संसदीय दलका नेतासमेत रहेका देउवालाई पत्र लेखेरै गृहमन्त्री लेखक र पर्यटनमन्त्री बद्री पाण्डेलाई जिम्मेवारी मुक्त गरेर अघि बढ्नुपर्ने प्रस्ताव गरेका थिए।

अर्का सांसद सुनिल शर्माले पनि गृहमन्त्री लेखकले पदबाट राजीनामा दिएर अध्यागमनमा भएको सेटिङको छानबिनमा सहयोग गर्नुपर्ने अभिव्यक्ति दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा जन्ती बोकेको बस दुर्घटना:१३ जानको मृत्यु

जाँचबुझ आयोगको कामप्रति ओलीले किन र के के विषय उठाए ?

सम्बन्धित

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

झापा–५ : उम्मेदवारको भिडभन्दा बाहिर उभिएको जनताको प्रश्न

बैतडीमा जन्ती बोकेको बस दुर्घटना:१३ जानको मृत्यु

जाँचबुझ आयोगको कामप्रति ओलीले किन र के के विषय उठाए ?

चुनावअघि मन्दिर धाउँदै रास्वपा नेताहरू (भिडिओ/तस्विरसहित फिचर)

बालुवाटारमा सुशीला कार्कीसँग आलीको खुसामद के हो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com