ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमन्त्री लेखकले राजीनामा दिनु नपर्ने कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष


abc news

काठमाडौ १२ जेठ । सत्तारुढ नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको छ।

पार्टीभित्रै गृहमन्त्री लेखकको राजीनामा माग भइरहेका बेला आज बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो।

बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको थियो। बैठकपछि एक पदाधिकारीले नेपालखबरसँग भने, ‘गृहमन्त्रीमाथिको आरोप मिथ्या हो। यही आरोपको आधारमा उहाँले पदबाट राजीनामा दिनुपर्छ भन्ने हुँदैन।’

कांग्रेसले यसलाई राजनीतिक रुपमा बदनाम गर्न गरिएको प्रचारबाजी भएको ठहरसमेत गरेको छ।

‘गृहमन्त्रीले राजीनामा नदिने पक्षमा अडान लिने निष्कर्ष पदाधिकारी बैठकले निकालेको छ,’ ती पदाधिकारीले नेपालखबरसँग भने, ‘यो प्रकरणमा सम्बन्धित निकायले गरेको छानविनमा हामी सहयोग गर्छौँ। तर, हामीले बुझे अनुसार उहाँ ९रमेश लेखक०को संलग्नता कतै पनि देखिँदैन।’

कर्मचारीले गलत गर्दा मन्त्रीले राजीनामा दिनुपर्छ भन्ने नहुने पनि उनले बताए। ‘स्वास्थ्य मन्त्रालयका पनि धेरै कर्मचारी अहिले अख्तियारको छानविनको दायरामा छन्। अरु मन्त्रालय र प्रधानमन्त्रीको सचिवालयमा पनि त्यस्ता कर्मचारी होलान्,’ उनले भने।

आफ्नै पार्टीबाट गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणको आरोपमा मुछिएको र उनको राजीनामा मागिएका बेला कांग्रेस पदाधिकारी बैठक बसेको हो।

गृहमन्त्री लेखकलाई लागेको भिजिट भिसा प्रकरणको आरोपका कारण कांग्रेस अहिले सकसमा छ।

भिजिट भिसाका नाममा विदेशमा मानव तस्करी गराउने र त्यसबाट ठूलो रकम लाभ लिने गिरोहलाई संरक्षण दिएको आरोप गृहमन्त्री लेखकलाई लागेको छ।

उनले राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्नुपर्ने दबाब कांग्रेसकै नेताहरूले दिइरहेका छन्। यो विषय आइतबार बसेको सरकार नेतृत्वकर्ता दल नेकपा एमालेको सचिवालय बैठकमा समेत उठेको छ।

तर प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले यस विषयमा गृहमन्त्रीकै दल कांग्रेसले निर्णय गर्नुपर्ने धारणा राखेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com