काठमाडौ १२ जेठ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया गरिएको छ । नेपालमै पहिलो पटक ‘मायस्थेनिया ग्राभिस’ प्रविधिबाट शल्यक्रिया गरिएको हो । दाङकी २२ वर्षीया एक महिलाको यही जेठ ८ गते सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालका वरिष्ठ अङ्कोलोजिष्ट, थोरासिस एण्ड ल्याप्रोस्कपी सर्जन डा। विनय ठाकुर नेतृत्वको चिकित्सक टोलीले ती महिलाको पेटमा एउटा सानो चिरा मात्रै पारेर दुरविन प्रविधिबाट शल्यक्रिया गरेको हो । डा। ठाकुरकाअनुसार यसअघि तीन चार वटा प्वाल बनाएर, श्वासप्रश्वास नलीमा पाइप राखेर शल्यक्रिया गर्ने गरिन्थ्यो ।
यसपटक पेटमा एउटा मात्रै प्वाल बनाएर, श्वासप्रश्वास नलीमा पाइप नै नराखी शल्यक्रिया गरिएको हो । अब यो प्रविधिबाट निरन्तर रूपमा शल्यत्रक्रिया गर्ने उहाँले बताउनुभयो । ‘मायस्थेनिया ग्राभिस’ को शल्यक्रिया नेपालमा कम हुने शल्यक्रियामा पर्ने डा। ठाकुरको भनाइ छ ।







प्रतिक्रिया दिनुहोस्