ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमन्त्रीलाई रास्वपाको जवाफ- प्रमाणित भए राजनीति छाड्ने होइन, जेल जानुपर्छ


abc news
जेष्ठ ११, २०८२ आईतबार  ५ : ३७ बजे

काठमाडौ ११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक पन्छिन नमिल्ने बताएको छ ।

आइतबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकका निर्णयबारे जानकारी गराउँदै कार्यबाहक प्रवक्ता मनीष झाले बताएका हुन् ।

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले गृहमन्त्री लेखकको संलग्नता पुष्टि भए राजनीति छाड्ने नभइ जेल जाने प्रक्रिया सुरु हुने बताए ।

सो प्रकरणबारे बोल्दै शनिबार गृहमन्त्री लेखकले संलग्नता पुष्टि गर्न चुनौती दिएका थिए । साथै, उनले संलग्नता पुष्टि भए आफू राजनीतिबाट बिदा हुने पनि बताएका थिए ।

त्यसबारे जवाफ दिँदै प्रवक्ता झाले भने, ‘प्रमाणित भए राजनीति छाड्ने होइन, जेल जाने हो । प्रमाणित भएपछि जेल त जानैपर्छ । त्यसका लागि राजनीति नछाडि हुँदै हुदैन ।’

उनले यस प्रकरणमा सरकारी कर्मचारीबाटै बदमासी हुने पनि बताए ।

‘बदमासी त कर्मचारीबाटै हुन्छ नि । उहाँ आफैं गएर त्यहाँ टाँचा लगाउने त होइन । कसको कार्यकालमा भयो रु उसको सरुवा कसले गरायो रु सरुवा गराउँदा कार्यविधि मिलेको थियो कि थिएन रु भन्ने कुरा आउँछ,’ उनले भने, ‘टाँचा लगाउने काम मेरो होइन त्यसकारण संलग्नता थिएन भन्न मिल्दैन ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा जन्ती बोकेको बस दुर्घटना:१३ जानको मृत्यु

जाँचबुझ आयोगको कामप्रति ओलीले किन र के के विषय उठाए ?

सम्बन्धित

झापा–५ : उम्मेदवारको भिडभन्दा बाहिर उभिएको जनताको प्रश्न

बैतडीमा जन्ती बोकेको बस दुर्घटना:१३ जानको मृत्यु

जाँचबुझ आयोगको कामप्रति ओलीले किन र के के विषय उठाए ?

चुनावअघि मन्दिर धाउँदै रास्वपा नेताहरू (भिडिओ/तस्विरसहित फिचर)

बालुवाटारमा सुशीला कार्कीसँग आलीको खुसामद के हो ?

जेनजी आन्दोलनमा सिंहदरबार जलाएको अभिव्यक्ति दिने व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com