काठमाडौ ११ जेठ । भिजिट भिसा घुसकाण्डले सत्ताको केन्द्र गृह मन्त्रालयलाई नै प्रश्नको घेरामा ल्याइरहेका बेला कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले गृहमन्त्री रमेश लेखकको बचाउ गर्दै राजीनामा माग्ने प्रवृत्तिमाथि प्रश्न उठाएका छन्।
‘कुनै पनि अड्डाको कर्मचारीले गल्ती गर्छ भने त्यसको जिम्मा मन्त्रीले लिनुपर्ने हो भने यो राज्य व्यवस्था नै चल्दैन,’ आइतबार विराटनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै सिटौलाले भने। उनका अनुसार नीतिगत तहमा गल्ती नभएको अवस्थामा मन्त्रीलाई जबर्जस्ती राजीनामा दिन लगाउनु गलत परम्पराको सुरुवात हुनेछ।
अध्यागमन विभागको भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकका निकट सहसचिव तीर्थराज भट्टराई घुस प्रकरणमा समातिएपछि लेखकमाथि नैतिक जिम्मेवारी वहन गर्नुपर्ने आवाज उठिरहेको छ। लेखककै पार्टी नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले शनिवार विराटनगरमै राजीनामा दिन सुझाएका थिए।







प्रतिक्रिया दिनुहोस्