ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीनकुने घटनामा धवल, रवीन्द्र र दुर्गासहित ६१ जनाविरुद्ध मुद्दा दर्ता


abc news

काठमाडौ ११ जेठ । चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न रहेको अभियोगमा ६१ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख रामहरि शर्मा पोखरेलका अनुसार राज्यविरुद्धको कसुरसमेतमा धवलशमशेर राणा, रवीन्द्र मिश्र र दुर्गा प्रसाईंसहित ५० जनालाई प्रतिवादी बनाइएको छ।

अरु ११ जनालाई आपराधिक उपद्रवमा मात्रै छुट्टै मुद्दा दायर गरिएको छ। यस्तै दुर्गा प्रसाईंसहित ८ जनालाई भने कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा पनि प्रतिवादी बनाइएको शर्माले नेपालखबरलाई जानकारी दिए। चार जना नाबालकको हकमा अनुसन्धान भइरहेकाले बाल अदालतमा छुट्टै अभियोग दर्ता हुनेछ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र र महामन्त्री शमशेर राणालाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा प्रतिवादी बनाइएको छ।

अरु ११ जनालाई आपराधिक उपद्रव र संगठित अपराधमा मात्रै र दुर्गा प्रसाईंसहित ८ जनालाई भने राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराधमा प्रतिवादी बनाइएको छ।

चैत १५ गते राजावादीहरुले दुर्गा प्रसाईंलाई जनकमाण्डर तोकेर प्रदर्शन गरेका थिए। उक्त प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको ज्यान गएको थियो। जसमा पत्रकार सुरेस रजकको आन्दोलनकारीले घरमा आगो लगाउँदा र कीर्तिपुरका सविन महर्जनको प्रहरीको गोली लागि ज्यान गएको थियो।

यस्तै प्रदर्शनकारीहरुले त्यसदिन व्यक्ति तथा राज्यका सम्पत्तिमा ठूलो नोक्सानी पुर्‍याएका थिए। यस्तै व्यक्ति तथा सरकारी सवारीमा पनि तोडफोड र आगजनी गरेका थिए।

त्यसैदिन बेलुकादेखि प्रहरीले पक्राउ गरेर उनीहरूमाथि अनुसन्धान अगाडी बढाएको थियो।

प्रहरीले यो घटनामा संलग्न रहेको आरोपमा करिव डेढसय जनालाई पक्राउ गरेको भएपनि संलग्नता नदेखिएका र ठूलो कसुर नगरेकाहरुलाई छाडेको थियो। प्रहरीले बिहीबार १०८ जनालाई मुद्दा चलाउन रायसहित अनुसन्धान प्रतिवेदन बुझाएको थियो।

तर सरकारी वकिल कार्यालयले ती मध्ये पनि ६५ जनालाई मात्रै मुद्दा चलाएको हो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com