काठमाडौ ११ जेठ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक एआईजी लालमणि आचार्य अवकाश भएका छन्। एआईजीको उमेर हदका कारण आचार्य आइतबारदेखि अनिवार्य अवकासमा गएका हुन्।
उनलाई प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक दीपक थापाले बिदाइ गरेका छन्।
बिदाइ समारोहलाई सम्बोधन गर्दै आईजीपी थापाले सेवा निवृत्त भएका आचार्यले संगठनले सुम्पिएको जिम्मेवारी उच्च व्यावसायिकता, संगठनप्रतिको निष्ठा, लगनशीलता र इमानदारीताका साथ सम्पन्न गरेको बताए।
आईजीपी थापाले अवकास भएकान एआईजी आचार्यलाई मायाको चिनो प्रदान गरेका छन्।
आचार्यले आफ्नो सेवा अवधिमा गरेका अनुभव सुनाएका थिए। सेवा निवृत्त एआईजी आचार्य २०५२ कात्तिक २७ गते प्रहरी निरीक्षकमा नियुक्त भएका थिए।
आचार्य अवकास हुने भएपछि केही दिन पहिले नै उनको स्थानमा विशेष ब्युरो प्रमुख सिद्धिविक्रम शाहलाई बढुवा गर्न सिफारिस गरिसकेको छ। अब बस्ने मन्त्रिपरिषद बैठकले शाहलाई बढुवा गर्ने निर्णय गर्नेछ।







प्रतिक्रिया दिनुहोस्