ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णाली प्रदेश सरकारले पठाएको राहत हुम्लाको लिमी पुग्यो


abc news
जेष्ठ ११, २०८२ आईतबार  ११ : ०८ बजे

काठमाडौ ११ जेठ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा जेठ १ गते राति आएको बाढीपहिरोबाट पीडितका लागि कर्णाली प्रदेश सरकारले पठाएको राहत सामग्री पुगेको छ ।

प्रदेश सरकारले पठाएको पिठो, सोलार सेट, अस्थायी टेन्ट, म्याट्रेस सेटलगायत राहत सामग्री आइपुगेको हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनुभयो ।

प्रदेश सरकारले पठाएको राहत सामग्री प्रमुख जिल्ला अधिकारी पाण्डेय, नाम्खा गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामा, प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेललगायतले खार्पुनाथ गाउँपालिका–१ बोक्चेगौडामा पुगेर लिनुभएको हो ।

कर्णाली प्रदेश सरकारले पठाएको राहत सामग्री नाम्खा गाउँपालिका उपाध्यक्ष लामाको जिम्मा लगाइएको छ ।

गएको जेठ १ गते राति गाउँभन्दा माथिबाट बाढीपहिरो आउँदा तिल गाउँका १९ परिवारका ३३ जना अहिले त्रिपालमुनि बस्दै आएका छन् ।

तिलगाउँमा आएको बाढीपहिरोबारे अनुसन्धानका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनिर सुशीलकुमार श्रेष्ठ नेतृत्वको तीन सदस्यीय टोली प्रभावित क्षेत्रमा खटिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राष्ट्रिय जेनजी–नागरिक अभियानले भन्याे-सरकार जनतामाथि क्रुर बन्याे

एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?

सम्बन्धित

अमेरिकामाथि नेपालको शानदार जित

असार १५ सम्मको संसदीय क्यालेन्डरमा परेन प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम

रूसी राष्ट्रपति पुटिनको चीन भ्रमणको कार्यक्रम सार्वजनिक

सी जिनपिङसँग वार्तालगत्तै ट्रम्पको चेतावनी–ताइवानले आफूलाई स्वतन्त्र घोषणा नगरोस्

प्रधानमन्त्री कार्यालयको नाम लिएर वडासचिव धम्क्याउने खड्का पक्राउ

संसद्‌मा निष्क्रिय प्रधानमन्त्री बालेन फेसबुकमा सक्रिय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com