काठमाडौ ११ जेठ । रुस र युक्रेनले युद्ध शुरू भएदेखि अहिलेसम्मको सबैभन्दा धेरै सङ्ख्यामा कैदीबन्दी साटासाट गरेका छन् ।
पछिल्लो चरणमा साटासाट भएका आठ सय जना कैदीबन्दी आ–आफ्नो देश फर्किएका सीएनएनले जनाएको छ ।
पछिल्लो सहमतिलाई कार्यान्वयन गर्दै अस्ति शुक्रवारदेखि कैदी आदानप्रदान प्रकृया शुरू भएको थियो ।
रुस र युक्रेनले एकरएक हजार गरी कुल दुई हजारको सङ्ख्यामा बन्दीहरु साटासाट गर्ने सहमति गरेका छन् ।
यो सहमति अघिल्लो हप्ता टर्किएको राजधानी इस्तानबुलमा भएको बैठकको प्रमुख उपलब्धि थियो ।
कैदीबन्दी साटासाट भइरहेका बेला पनि रुसले आक्रमणलाई निरन्तरता दिएको युक्रेनले जनाएको छ ।







प्रतिक्रिया दिनुहोस्