ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुटिनको दाबी: रुस अझै विश्वका प्रमुख हतियार निर्यातकर्ता देशमध्ये अग्रस्थानमा


abc news

काठमाडौ १० जेठ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देश अझै पनि विश्वका प्रमुख हतियार निर्यातकर्तामध्ये अग्रस्थानमा रहेको बताएका छन्।

शुक्रबार आयोजित एक उच्चस्तरीय बैठकमा सम्बोधन गर्दै उनले रुसीी सैनिक उपकरण र हतियारप्रति अन्तर्राष्ट्रिय बजार माअझै उल्लेखनीय माग देखिएको दाबी गरेका हुन्।

उनले भने, ‘रुसले अझै पनि विश्वको हतियार बजारमा शीर्ष पाँच राष्ट्रको स्थानमा आफूलाई राख्न सफल भएको र धेरै क्षेत्रमा प्रमुख निर्यातकर्ताका रूपमा अग्रसर छ।’

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार राष्ट्रपति पुटिनले यो मन्तव्य सैनिक(प्रविधिक सहकार्यसम्बन्धी बैठकमा दिएका हुन्।

टेलिभिजनमार्फत प्रसारित सम्बोधनमा उनले सन् २०२४ मा रुसले प्रायः सबै हतियार निर्यातसम्बन्धी प्रतिबद्धता पूरा गरेको बताए।

उनले थपे , ‘रुसी सैन्य उत्पादनको माग निकै उच्च रहेको र हाल अर्बौँ डलर बराबरको अर्डर छ।’

उनले सम्बन्धित सरकारी निकायलाई हतियार निर्यातमा वृद्धि गर्न आवश्यक नीतिगत पहल तथा राज्यीय समर्थन कार्यक्रम अघि बढाउन निर्देशन पनि दिए।

राष्ट्रपतिले पुटिनले भने, ‘रुसी सैनिक उपकरण तथा हातहतियारूमा निरन्तर सुधार भइरहेको छ र देशको सैन्य(औद्योगिक क्षेत्रको मुख्य दायित्व भनेको रुसको विशेष सैन्य अभियानलाई आवश्यक सामग्रीको भरपर्दो आपूर्ति गर्नु हो।’

यस क्रममा उनले रुसी उत्पादनको गुणस्तर र कार्यक्षमताले अन्तर्राष्ट्रिय बजारमा विश्वास जितिरहेको र यसले गर्दा निर्यात विस्तारको सम्भावना अझ बलियो हुँदै गएको जिकिर गरे।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com