काठमाडौ ३१ बैशाख । संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी ९पहिलो संशोधन० विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ।
बुधबार बसेको राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो।
सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त प्रस्ताव प्रस्तुत गरेका हुन्।
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले त्यसलाइलाई स्वीकृत गरेको घोषणा गरे।
राष्ट्रियसभाको अर्को बैठक जेठ ५ गते सोमबार दिउँसो सवा १ बजे बस्नेगरी स्थगित भएको छ।







प्रतिक्रिया दिनुहोस्