काठमाडौं, १९ वैशाख । नेसपा (नयाँ शक्ति) अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले आगामी वर्षको लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रमलाई विगमतै निरन्तरता भएको प्रतिक्रिया दिएका छन्।नीति तथा कार्यक्रमबारे सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै केही सुधारात्मक भएपनि अहिलेको निम्ति पर्याप्त नभएको बताए।
उनले भने, ‘उहाँहरुले सबैलाई खुसी पार्छु भन्ने ढंगले आउनुभयो। त्यो सम्भव छैन। अर्थतन्त्र र सुशासनको क्षेत्रमा प्राथमिकता दिनुपर्ने हो। सुशासन कायम गर्ने अंगहरुलाई बलियो बनाउँछौं सुधार गर्छौँ भन्न सक्नुपर्थ्यो। त्यो भन्न सकेको छैन।’उनले नीति तथा कार्यक्रम सामान्यतय पास भएपनि फस्ट डिभिजन नआएको टिप्पणी गरे। उनले पुरानो सोचबाट नहुने भएकाले आफूहरुले वैकल्पिक राजनीतिक कुरा उठाएको सुनाए।







प्रतिक्रिया दिनुहोस्