काठमाडौं १७ बैशाख । २९ दिनदेखि आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न आज ९बुधबार० साँझ मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।
मन्त्रिपरिषद्बाट ९ बुँदे माग सम्बोधन गरे आन्दोलनको मोडालिटी परिवर्तन गर्ने जनाएका शिक्षक महासंघको माग सम्बोधन गर्न आज मन्त्री परिषद्को बैठक बस्ने तयारी भएको हो।
तीन दिनदेखि लगातार शिक्षक महासंघ र शिक्षामन्त्रीबीच वार्ता भईरहेको छ।
शिक्षा मन्त्रालयमा आज बसेको बैठकले निर्णय गरेर मन्त्रिपरिषद्बाट पास गर्ने तयार भएको जनाइएको छ।
महासंघले विद्यालय शिक्षा ऐन ल्याउने समय तोक्ने र तत्काल ९ बुँदे प्रस्तावमा निर्णय गर्ने माग राखेको छ।







प्रतिक्रिया दिनुहोस्