ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विषयगत समितिमा रहने सदस्यको नाम अनुमोदित


admin
चैत्र ८, २०७४ बिहीबार  ७ : ३९ बजे

धनगढी, ८ चैत । प्रदेश नं. ७ को आजको प्रदेशसभा बैठकले प्रदेशसभाको कार्यप्रणालीलाई व्यवस्थित गर्न प्रस्ताव गरिएका पाँच विषयगत समितिमा रहने सदस्यको नामावलीलाई अनुमोदन गरेको छ ।

प्रदेशसभा कार्य व्यवस्था परामर्श समितिको सिफारिसअनुसार बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रस्ताव गरेको नामावलीसहितको विषयगत समितिलाई अनुमोदन गरिएको हो ।

संविधानको धारा १९३ र प्रदेशसभा नियमावलीबमोजिम गठित विधायन तथा प्रदेश मामिला समितिमा प्रदेशसभा सदस्य रणबहादुर रावल, श्यामलाल राना थारु, उमाकुमारी वादी, वीरभान चौधरी, शान्ति नेपाली, मालामतीकुमारी राना थारु, तारालामा तामाङ, नेपालु चौधरी, कृष्णराज सुवेदी, मीना साउद र सुशीला बुढाथोकी रहनुभएको छ ।

यसैगरी सार्वजनिक लेखा समितिमा भरतबहादुर खड्का, कर्णबहादुर मल्ल, नन्दा बम, मानबहादुर धामी, कुन्ती जोशी, कुलवीर चौधरी, अमरबहादुर साउद, अर्चना गहतराज, बलबहादुर सोडारी, चुनकुमारी चौधरी र वलदेव रेग्मी रहनुभएको छ ।

अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिमा गोविन्दराज बोहरा, देवराज पाठक, अम्बिकुमारी थापा, अक्कलबहादुर रावल, महेशदत्त जोशी, प्रेमप्रकाश भट्ट, कृष्णबहादुर चौधरी, हर्कबहादुर कुँवर, प्रकाश रावल, रतन थापा र पूर्णा जोशी रहनुभएको छ ।

सामाजिक विकास समितिमा डिल्लीराज पन्त, दिव्येश्वरी शाह, टेकबहादुर रैकाआउजी, नन्दबहादुर साउद, मानबहादुर सुनार, देवकी मल्ल, लालबहादुर खड्का, लीलाधर भट्ट, गेल्बुसिं बोहरा, दुर्गाकुमारी कामी र माया बोहरा हुनुहुन्छ ।

त्यस्तै प्रदेशको पहिचन झल्किने गरी बनाइने प्रतीकचिह्न निर्धारण मस्यौदा समितिमा श्यामलाल, वीरभान, बलदेव रेग्मी, लीलाधर भट्ट र मालामतीकुमारी रहनुभएको छ ।

यसअघि बैठक प्रारम्भ हुनासाथ विशेष समयमा बोल्ने प्रदेशसभा सदस्यले पछिल्ला दिनमा प्रदेश नं ७ मा भएका चोरी, डकैती र लुटपाटका घटनाका साथै बोक्सी प्रकरण र जनप्रतिनिधिमाथि आक्रमणको घटनाले शान्तिसुरक्षाको उचित व्यवस्था हुन नसकेको जनाउँदै शान्ति सुव्यवस्था र अमनचयनको व्यवस्था गर्न माग गर्नुभयो ।

प्रदेशसभा सदस्यले युरोपेली सङ्घले सरकारलाई संविधानविपरीत प्रतिवेदन दिएको भन्दै विरोध गर्नुभयो । उहाँहरूले शिक्षा क्षेत्रमा भइरहेको मनपरीतन्त्र रोक्नुपर्ने, भूमिहीनको समस्या समाधान हुनुपर्ने, छाडा चौपायाको व्यवस्थापन हुनुपर्ने, महिलाको मौलिक अधिकारको संरक्षण गर्नुपर्ने, पहाडी जिल्लामा बढेको बाँदर र बँदेल आतंक रोकथाम गर्नुुपर्ने, धर्मका नाममा भइरहेका कुरीतिको अन्य गर्नुपर्ने र समयमै किसानलाई उचित मल बीउको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो ।

विशेष समयमा बोल्नेमा नेपाली काँग्रेसका भरतबहादुर खड्का, नेकपा(एमाले)का लीलाधर भट्ट र अमरबहादुर साउद तथा नेकपा (माओवादी केन्द्र)की शान्ति नेपाली हुनुहुन्थ्यो । प्रदेशसभाको अर्को बैठक यही चैत १५ गते अपराह्न १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा जन्ती बोकेको बस दुर्घटना:१३ जानको मृत्यु

जाँचबुझ आयोगको कामप्रति ओलीले किन र के के विषय उठाए ?

सम्बन्धित

रास्वपा नेता बालेन दार्चुलामा : समर्थकको घेराबन्दी (तस्बिरहरू)

देउवाको गृहजिल्ला डडेलधुरामा बालेन : “सुदूर अब दुर नाई, झिकै झिकै माया तम्लाई!”

देउवाले टिकट नपाएपछि चुनाव नलड्ने घोषणा गरे

सुदूरपश्चिमका १६ नेकपा उम्मेदवार टुंगो, कुन समूहका कति ?

प्रचण्ड नेतृत्वको नेकपाले सुदूरपश्चिम र कर्णालीसम्म उम्मेदवार टुंग्यायो

कैलालीमा अवैध काठसहित ३ जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com