काठमाडौं १ बैशाख । नेपाल वायुसेवा निगमले चारवटा ठूला जहाज खरिदका लागि लिएको ऋणको चैतसम्मको किस्ता भुक्तानी गरेको छ।
कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग लिएको ऋणमध्ये दुई न्यारोबडी जहाजको चैत महिनाको पूरा किस्ता र दुई वाइडबडी जहाजको आंशिक गरी ५३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ किस्ता भुक्तानी गरेको हो।
०८१ चैतसम्म निगमले ७ अर्ब ३९ करोड ५ लाख ८ हजार ९५ रुपैयाँ किस्ता तिरिसकेको छ।







प्रतिक्रिया दिनुहोस्