ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओमानलाई ८ विकेटले हराउँदै नेपालकाे लगातार दाेस्राे जीत


एबीसी न्यूज
बैशाख १, २०८२ सोमबार  ३ : ४९ बजे

काठमाडौं १ बैशाख । आईसीसी १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ । माथिल्लो मूलपानी मैदानमा आज भएको खेलमा नेपालले ओमानलाई ८ विकेटले हरायो ।

ओमानले दिएको १ सय १८ रनको लक्ष्य नेपालले २ विकेट गुमाएर १४ ओभर ३ बलमै भेटायो । नेपालका निरजकुमार यादवले ४६, शाहिल पटेलले ४२ रन बनाए । ओमानका सौम्य भविन सम्पतले २ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले ३८ ओभरमा १ सय १७ रन बनाउँदा सबै विकेट गुमायो । ओमानका जीत व्रजेश शाहले सबैभन्दा धेरै ५२ रन बनाए । नेपालका युवराज खत्रीले ५ विकेट लिए । नेपालले पहिलो खेलमा हिजो यूएईलाई डीएसएल मेथडका आधारमा ५ रनले हराएको थियो ।

यस्तै आजै तल्लो मूलपानी मैदानमा भएको खेलमा अफगानिस्तानले हङकङलाई ८ विकेटले हराएको छ । अफगानिस्तानले पहिलो खेलमा ओमानलाई पनि ८ विकेटले हराएको थियो ।

एशिया छनोटमा नेपाल, ओमानसहित यूएई, अफगानिस्तान र हङकङ सहभागी छन् । छनोटमा शीर्ष स्थानमा रहने टोली आउँदो वर्ष हुने १९ वर्षमुनिको विश्वकपमा छनोट हुनेछ । प्रतियोगिताका खेलहरू माथिल्लो र तल्लो मूलपानी मैदानमा भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ ३,१३५ उम्मेदवारको अन्तिम सूची सार्वजनिक, अब नाम फेर्न नपाइने

क्वेाने समाज युकेले बनायाे कागबेनीमा गुम्बा

सम्बन्धित

समानुपातिकतर्फ ३,१३५ उम्मेदवारको अन्तिम सूची सार्वजनिक, अब नाम फेर्न नपाइने

‘प्रदेश तलबले होइन, भ्रष्टाचारले देश डुबेको हो ‘: बालेन्द्र शाह

बालेन पनि बोल्न थाले : झापामा डोजर ‘आतंक’ को प्रश्नमा के भने ?

अमेरिकाले भारतलाई ७% ट्यारिफ राहत, रुसी तेलमा ‘पेनाल्टी’ हट्यो

प्रचण्डको नयाँ दलमाथि तिखो प्रहार :’जेलेन्स्की जन्माउने षडयन्त्र’ (मुख्य के के भने ?)

के बालेलनलाई जसलाई पनि ‘हत्यारा’ भन्ने छुट छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com