ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तरकारीमा विषादी भेटियो, कारबाही भने भएन, कारण यस्तो..


admin
चैत्र ८, २०७४ बिहीबार  २ : ४० बजे

झापा, ८ चैत । तरकारी तथा फलफूलमा विषादी जाँच्ने प्रविधि भित्रिएपछि परीक्षणबाट अखाद्य र हानिकारक ठहरिएका वस्तुको पहिचान हुन थालेको छ ।

प्रयोगशालामा परीक्षणबाट स्वास्थ्यका लागि हानिकारक ठहरिएका वस्तुको बिक्री रोक्नेतर्फ भने हालसम्म पहल हुनसकेको छैन । कृषि विभागको बाली संरक्षण निर्देशनालयले विर्तामोडको कृषि थोकमा ‘विषादी अवशेष द्रुत विश्लेषण एकाइ’ अन्तर्गत प्रयोगशाला स्थापना गरेपछि तरकारी तथा फलफूलको दैनिक नमूना परीक्षण हुनथालेको हो ।

द्रुत प्रयोगशालाले थोक बजारबाट कृषि उपजको आफै नमूना संकलन गरेर विषादीको अवशेष परीक्षण गर्दै आएको छ । परीक्षणको रिपोर्ट एक घण्टाभित्रै निस्कने गरेको छ । प्रयोगशालाले नियमित जाँच गर्दा निस्कने रिपोर्ट निर्देशनालयमा पठाउने काम गरिरहेको छ ।

विर्तामोडमा जाँचिएका केही नमूनामा भने मानव स्वास्थ्यलाई प्रतिकूल असर पु-याउने तहसम्मको विषादी फेला परेको रिपोर्ट आएको बताइएको छ । “हामी नमूना परीक्षण गरेर त्यसको रिपोर्ट काठमाडौँ पठाउने काम गर्छौँ,” प्रयोगशालाका प्रमुख राजेन्द्र खरेलले भन्नुभयो–“कारबाही गर्ने अधिकार हामीलाई छैन ।”

गत जेठदेखि विर्तामोडको द्रुत प्रयोगशालाले तरकारी तथा फलफूलमा विषादीको अवशेष परीक्षण गर्न थालेको हो । यस अवधिमा प्रयोगशालाले २६० वटा नमूना परीक्षण गरिसकेको छ । प्रयोगशालाले विषादीको अवशेष भेटिएका कृषि उपजका बारेमा सम्बन्धित व्यापारीलाई मौखिक रुपमा सचेत गराउँदै आएको छ । हानिकारक तरकारी तथा फलफूल नष्ट गर्ने काम भने प्रयोगशालाले गदैन् । सो काम गर्ने अधिकार बजार विकास समितिसँग भएको खरेलले बताउनुभयो ।

विषादीको मात्रा भेटिएका कृषि उपजको बिक्रीमा बन्देज लगाउनु पर्नेे उपभोक्ता संरक्षण मञ्च झापाकी अध्यक्ष मञ्जु सिटौला पोखरेल बताउनुहुन्छ । विषादी भएका वस्तु नष्ट गर्न नगरपालिका, गाउँपालिका, स्थानीय प्रशासन, उपभोक्ता मञ्च र उद्योग वाणिज्य संघले सहकार्य गर्नुपर्ने उहाँको भनाइ छ । जाँच गर्दा भारतबाट आयातित् काउलीमा सबैभन्दा बढी र करेलामा सबैभन्दा न्यून विषादीको मात्रा फेला परेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावको मुखमा अशान्त रौतहट: रौतहटमा सम्प्रदायिक हिंसाको इतिहास यस्तो छ

इतिहासले पन्छाएकाहरू चुनावबारे भ्रम फैलाइरहेका छन् : प्रचण्ड

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

घण्टी बजाउँदै चुनाव प्रचार : आयोगको डण्डा, रास्वपा र राप्रपाबीच आरोप–प्रत्यारोप

नेपाली सेनाद्वारा ४३ जिल्लामा निर्वाचन सामग्री ढुवानी

कांग्रेसले भन्यो – असुरक्षासँगै पार्टीका उम्मेदवारमाथि अपमान र दुर्व्यवहार बढ्यो

बुटवल पुगेर कुलमानले भनेः सहकारी ठगीका दोषीलाई कारबाही हुनुपर्छ

कीर्तिपूरका पूर्वमेयर रमेश मर्हजन नेकपामा प्रवेश

सशस्त्रका २३ एसएसपी निर्वाचन सुरक्षा अनुगमनमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com