ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
उत्पादनमुखी बजेटको  अवसरहरु के के छन ? निरज गिरी , अर्थविद् ▶
उत्पादनमुखी बजेटको अवसरहरु के के छन ? निरज गिरी , अर्थविद्
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपराष्ट्रपति पुन: मुलुक आर्थिक समृद्धिको चरणमा छ


admin
चैत्र ७, २०७४ बुधबार   ५ : ५६   बजे

काठमाडौँ, ७ चैत । उपराष्ट्रपति नन्दबहादुर पुनले राजनीतिक इन्जिनियरिङको नक्सा पूरा भई मुलुक आर्थिक समृद्धिको चरणमा प्रवेश गरेको बताउनुभएको छ ।

नेपाल इन्जिनियर्स एशोसियसनको १५ औँ राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उहाँले प्राविधिकले राम्रो काम गरेपनि कतिपय कमजोरीले पुल भत्कने, सडकको कालोपत्र उप्कने जस्ता समस्या आउने उल्लेख गर्नुभयो ।

उत्पादनशीलको पनि आधाले मात्र काम गर्ने भएकाले २२ प्रतिशत जनसंख्याले ७८ प्रतिशतलाई पालेको उपराष्ट्रपति पुनको भनाई थियो ।

आयात बढेर निर्यात घट्दा आर्थिक विकासमा असर पुगेकाले इन्जिनियरले उद्योग धन्दा खोल्न खाका कोर्नुपर्ने सुझाव पनि उहाँले दिनुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अबको शिक्षाको ७० प्रतिशत भार प्राविधिक हुनुपर्ने बताउनुभयो ।

“दुई अंकको आर्थिक विकास गर्न १० वर्षमा १० हजार मेघावाट विद्युत् उत्पादन गर्नुपर्छ, रु एक खर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात हुन्छ, रु २२ अर्बको विद्युत् आयात हुन्छ, यसलाई कम गर्न विद्युत् उत्पादनमा जोड दिनुपर्छ”–उहाँले भन्नुभयो ।

वार्षिक पाँच लाख मानिस श्रम बजारमा आएपनि ५० हजारले मात्र स्वदेशमा रोजगारीको अवसर पाउँदा बाँकी जनशक्ति बाहिरिएको मन्त्री पुनले सुनाउनुभयो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले राजनीतिक लक्ष्य पूरा भई संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेकाले अबको ध्यान विकास निर्माणमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

“भएको साधन र स्रोत प्रयोग गरे नेपाल गरिब हुँदैन, विकास निर्माणमा विदेशी परामर्शदाता ल्याएपनि तिनले नेपालकै इन्जिनियरलाई काम लगाउने भएकाले यहीँका परामर्शदातृ संस्थालाई विदेशीलाई दिने जति पैसा दिए राम्रो काम गर्न सक्छन्”–उहाँले भन्नुभयो ।

कार्यक्रममा थाइल्याण्डका पूर्व मन्त्री सुविन विंकायन, एशोसियसनका अध्यक्ष हरेराम श्रेष्ठलगायतले प्राविधिक क्षेत्रमा थप दक्ष जनशक्ति उत्पादनका लागि इन्जिनियरिङ स्टाफ कलेज र विश्वविद्यालय स्थापना गरिनुपर्ने माग गर्नुभयो ।

शुक्रबारसम्म चल्ने सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, थाइल्याण्ड, बेलायतका इन्जिनियरको सहभागिता छ । हाल नेपाल इन्जिनियर्स काउन्सिलमा दर्ता भएका इन्जिनियरको संख्या ४३ हजारभन्दा बढी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

भाइरल भिडिओले समस्यामा रास्वपा सांसद सृष्टी : कारबाही गर्न माग

सम्बन्धित

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

तीन मौसमी वायुको प्रभाव :आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

कर्णालीले ल्यायो ३५ अर्ब ३९ करोड बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा (पूर्णपाठ)

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

कोसी प्रदेशको बजेट ४० अर्ब ४४ करोड रुपैयाँ (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group