काठमाडौं १८ फागुन । बैतडीमा शनिबार राति गोली हानी युवकको हत्या गरिएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका(८ चौसिलाका २३ वर्षीय सुरेन्द्र विष्टको हत्या भएको हो।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलदेव बडुका अनुसार चौसिलाकै ४० वर्षीय कर्णबहादुर विष्टले भरुवा बन्दुकले गोली प्रहार गर्दा सुरेन्द्र गम्भीर घाइते भएका थिए। उपचारका क्रममा जिल्ला अस्पतालमा उनको मृत्यु भएको हो।
सुरेन्द्र जिप चालक थिए। कर्ण बहादुर र सुरेन्द्र नातेदार हुन्।
रिसइबी कारण गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ। कर्ण बहादुर र सुरेन्द्रबीच यसअघि पनि झगडा भएको खुलेको छ।
त्यसपछि उनी चौसिलामा जिप पार्किङ गरेर खाना खाइरहेका थिए। त्यसैबेला रौलेश्वर माध्यमिक विद्यालय नजिकैबाट कर्णबहादुरले सुरेन्द्रलाई गोली हानेका थिए।
प्रहरीका अनुसार ५र७ फिटको दूरीबाट गोली हानिएको थियो।
गोली प्रहार गर्ने कर्णबहादुर बन्दुकसहित फरार छन्। उनको खोजीका लागि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ।








प्रतिक्रिया दिनुहोस्