काठमाडौं २७ माघ । नेपाल समाजवादी पार्टी नयाँ शक्ति का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराईले राजनीति समाजका समस्या समाधान गर्ने साधन भएको बताएका छन्।
पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले वैकल्पिक राजनीतिक शक्तिहरूबीच विमर्श गरेर अघि बढ्दा समाजका समस्या समाधानको उपाए निस्किने बताएका हुन्।
‘अब यो नयाँ युगको नयाँ वैकल्पिक राजनीतिको निम्ति वैकल्पिक राजनीतिक शक्तिहरूको बीचमा नै विमर्श हुनुपर्छ। त्यसको निम्ति एउटा दिशाबोध हुनुपर्छ कसरी जाने भन्ने,ु उनले भने, ुकिनभने राजनीति भन्ने बित्तिकै समाजका समस्या समाधान गर्ने साधन हो। बेइमान र ठगहरूको बिगबिगी भएको समाजमा सोझो इमान्दार र सरल ढंगले जान्छु भन्ने सोच्नुभयो भने तपाईंलाई निराश बनाइहाल्छन्।
सत्तामुखी राजनीति गर्नेहरूले ढाँट, छल, तिक्डम गरेर चुनाव जित्ने, जसरी हुन्छ सत्तामा गएर राज्यको दोहन गर्नेतर्फ लागेको उनको आरोप छ। अध्यक्ष भट्टराईले वैकल्पिक राजनीति भनेको रुपान्तरणकारी राजनीति भएको बताए।







प्रतिक्रिया दिनुहोस्