काठमाडौं २७ माघ । सरकारले माघ १८ गतेको संसद् बैठकमा पेस गरेको अध्यादेश आजसहित तीन दिन निर्णयार्थ पेस नहुने भएको छ। गठबन्धन दलका मुख्यसचेतक महेश बर्तौलाले सहमतिको प्रयास जारी रहेकोले अझै तीन दिनको संसद् बैठकमा पेस नहुने बताएका हुन्।
सहमतिको प्रयास जारी छ। अध्यादेश आज, भोलि र पर्सीको संसद् बैठकमा अध्यादेश निर्णयार्थ पेस हुँदैनु उनले भने।
राष्ट्रियसभामा निर्णायक रहेको जनता समाजवादी पार्टी, नेपालले अध्यादेश स्वीकार्ने या नस्वीकार्ने निर्णय नगर्दा सभामुखले अध्यादेशलाई निर्णयार्थ पेस नगरेका हुन्।
प्रतिनिधिसभामा भने सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेको स्पष्ट बहुमत छ।
सरकारले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन० अध्यादेश, २०८१, निजीकरण ९पहिलो संशोधन० अध्यादेश २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, र भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ अध्यादेश संसद्मा पेस गरेको छ।
विपक्षी दलहरूले पनि अध्यादेशको विरोध गरिरहेका छन्। सरकारले संसद् छलेर अध्यादेश ल्याएको उनीहरूको आरोप छ।







प्रतिक्रिया दिनुहोस्