काठमाडौं २६माघ । पृथ्वीराजमार्गअन्तर्गत धादिङमा शनिबार बिहान हाइस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।
प्रहरीका अनुसार नारायणगढबाट काठमाडौँतर्फ गइरहेको बा।२ ख ७६३६ नम्बरको हाइस अनियन्त्रित भई धादिङको बेनिघाट रोराङ गाउँपालिका(१०, पानीधारामा बिहान ८:३० बजेतिर पल्टिएको हो।
दुर्घटनामा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा चितवनको भरतपुर(९ का ४३ वर्षका प्रकाश अधिकारी, ९दायाँ हात र छातीमा भित्री चोट, अवस्था सामान्य० सोही स्थानका ५० वर्षीय मनबहादुर पुन ९टाउको र बायाँ हातमा चोट, अवस्था सामान्य०, भरतपुर(८ बस्ने २५ वर्षीया स्वस्तिका पौडेल ९बायाँ हातमा चोट, अवस्था सामान्य०, सोही स्थानकी २३ वर्षीया अञ्जली रिजाल ९बायाँ हातमा चोट, अवस्था सामान्य० र हाइसका सहचालक भरतपुर(५ बस्ने ५० वर्षका सुर्दशन थापा गाला, बायाँ हात र दायाँ कुम्मामा चोट, अवस्था सामान्य० घाइते भएका हुन्।
उनीहरूमध्ये सहचालक थापाको बेनीघाटमै रहेको बिहानी फार्मेसीमा उपचार भइरहेको छ भने अन्य चार घाइतेको उपचार बेनीघाटस्थित चौकीटारमा रहेको प्रशान्त फार्मेसीमा भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनाका कारण राजमार्ग अवरुद्ध भएको छैन।
हाइससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रारम्भिक बयानका आधारमा सवारी साधन अनियन्त्रित भएर दुर्घटना भएको अनुमान गरिएको छ। हाइसमा १४ जना सवार थिए।








प्रतिक्रिया दिनुहोस्