ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शैक्षिक सहकार्यका लागि पाँच विश्वविद्यालयबीच सम्झौता


एबीसी न्यूज

काठमाडौं २६माघ । नेपालका पाँच विश्वविद्यालयबीच शैक्षिक सहकार्यका लागि सुर्खेतमा सम्झौता भएको छ।

विश्वविद्यालयहरूले शैक्षिक सहकार्य र अनुसन्धान साझेदारीलाई प्रवर्द्धन गर्न आपसी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

सुदूरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय, पुर्वाञ्चल विश्वविद्यालय र लुम्बिनी प्राविधिक विश्वविद्यालयबीच सम्झौता भएको हो।

उक्त सम्झौताले संयुक्त अनुसन्धान, विद्यार्थी र शिक्षक आदानप्रदान तथा अन्तर विषयात्मक कार्यक्रममार्फत उच्च शिक्षाको गुणस्तर सुधार गर्ने लक्ष्य राखेको छ।

सम्झौताअनुसार विश्वविद्यालयहरू पोस्ट ग्र्याजुएट तहका अनुसन्धान परियोजना, शिक्षक, कर्मचारी तथा विद्यार्थी आदानप्रदान कार्यक्रम र संयुक्त शैक्षिक कार्यक्रमको विकासमा सहकार्य गर्नेछन्। साथै संयुक्त रूपमा सेमिनार, सम्मेलन र अनुसन्धान परियोजना आयोजना गरिनेछ भने शैक्षिक स्रोत र प्रकाशन आदानप्रदान हुनेछन्।

सम्झौतापत्रमा सुदुरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा।डा। हेमराज पन्त, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा। डा। ध्रुवकुमार गौतम, नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्रा।डा। शिलु मानन्धर, पुर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा।डा। बिजुकुमार थपलिया र लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्रा।डा। विनोदप्रसाद ढकाल गरी पाँचै विश्वविद्यालयका उपकुलपतिले हस्ताक्षर गरेका छन्।

सुदूरपश्चिम विश्वविद्यालयमा सञ्चालित अन्तर्राष्ट्रिय सम्मेलनमा भएको उक्त सम्झौताको साक्षीमा पाँचै विश्वविद्यालयका रजिस्ट्रार उपस्थित थिए।

सुरुवाती सम्झौता अवधि पाँच वर्षको छ भने प्रत्येक पाँच वर्षमा स्वत नवीकरण हुने बताइएको छ।

कुनै विश्वविद्यालयले सम्झौताबाट बाहिरिन चाहेमा कम्तीमा ६ महिनाअघि सूचना दिनुपर्नेछ।

सम्झौताले नेपालमा शैक्षिक तथा अनुसन्धानको क्षेत्रमा नयाँ आयाम थप्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सहकार्यलाई प्रवर्द्धनका साथै विद्यार्थी तथा शिक्षकका लागि सिकाइ र नवीनताको अवसर बढाउने अपेक्षा गरिएको मध्यपश्चिम विश्वविद्यालय सुर्खेतका उपकुलपति प्रा। डा। ध्रुवकुमार गौतमले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवामाथि लगाइएका आरोप असत्य : पूर्णबहादुर खड्का

रेणुलाई विकास प्रेमीको रूपमा हामीले होइन, जनताले स्थापित गरेका हुन्– अध्यक्ष प्रचण्ड

सम्बन्धित

देउवामाथि लगाइएका आरोप असत्य : पूर्णबहादुर खड्का

रेणुलाई विकास प्रेमीको रूपमा हामीले होइन, जनताले स्थापित गरेका हुन्– अध्यक्ष प्रचण्ड

रवि लामिछानेको अभियोग संशोधन गर्ने निर्णयमा नेपाल बारको आपत्ति

भक्तपुरमा घरेलु विवादले मृत्यु निम्यायो

गुल्मीका दुवै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा

काठमाडौँ महानगरका प्रहरी प्रमुख राजु पाण्डेले दिए राजीनामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com