ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रमुख प्रतिपक्ष दलको नेताले सम्बोधन गर्दा प्रधानमन्त्री बिरामी हुनुहुन्थ्यो-महेश बर्तौला


एबीसी न्यूज

काठमाडौं २५ माघ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दलको नेताले संसदलाई सम्बोधन गर्नेकुरा प्रधानमन्त्रीको जानकारीमा भए पनि स्वास्थ्य समस्याका कारण उपस्थित हुन नसकेको बताएका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूले बोल्ने समयमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नभएको भन्दै गुनासो गरेका थिए।

शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक बर्तौलाले प्रधानमन्त्री संसद्‌मा उपस्थित हुने तयारीमै रहँदा स्वास्थ्यमा असहजता भएको कारण आउन नसकेको बताएका हुन्।

‘प्रमुख प्रतिपक्षी दलका नेताले माघ २४ गतेको बैठकमा बोल्दै हुनुहुन्छ भनेर सम्बन्धित पार्टीका प्रमुख सचेतकज्यूले मलाई जानकारी गराउनु भएको थियो, उनले भने, यो विषय प्रधानमन्त्रीज्युको जानकारीमा समयमै पुगेको समेत अवस्था हो। हिजो उहाँ आउने तयारीमा पनि हुनुहुन्थ्यो। तर उहाँलाई सहजता भएन। स्वास्थ्यमा समस्या भएको कारणले हिजो उहाँको कुनै पनि सार्वजनिक कार्यक्रमहरू रहेन। त्यसले गर्दा उहाँ हिजो आउन नसक्नु भएको हो।

संसद्‌मा प्रधानमन्त्रीले सम्बोधन गर्दा प्रमुख प्रतिपक्ष दलका नेतालाई निम्त्याउने र प्रमुख प्रतिपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री पनि उपस्थित रहने प्रचलन छ। तर बिहीबार प्रतिपक्षी दल नेता बोल्दा प्रधानमन्त्री ओली प्रतिनिधिसभा बैठकमा उपस्थित थिएनन्। सोही विषयलाई लिएर माओवादीले आपत्ति जनाएको छ। माओवादीबाहेकले पनि ओलीको आलोचना गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन आयोगलाई विधानको व्यवस्था बारे जानकारी गराउदै गगनपक्षीय कांग्रेस

देउवामाथि लगाइएका आरोप असत्य : पूर्णबहादुर खड्का

सम्बन्धित

निर्वाचन आयोगलाई विधानको व्यवस्था बारे जानकारी गराउदै गगनपक्षीय कांग्रेस

देउवामाथि लगाइएका आरोप असत्य : पूर्णबहादुर खड्का

रेणुलाई विकास प्रेमीको रूपमा हामीले होइन, जनताले स्थापित गरेका हुन्– अध्यक्ष प्रचण्ड

रवि लामिछानेको अभियोग संशोधन गर्ने निर्णयमा नेपाल बारको आपत्ति

भक्तपुरमा घरेलु विवादले मृत्यु निम्यायो

गुल्मीका दुवै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com