ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार १, २०८३ सोमबार
```
के बालेन र रवि फुटदैछन  ? आरके ढुंगाना, नेता, रास्वपा ▶
के बालेन र रवि फुटदैछन ? आरके ढुंगाना, नेता, रास्वपा
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विमान दुर्घटना: पोस्टमार्टम आज सकिदै, पहिचान खुलेको शव भोलिदेखि आफन्तलाई बुझाइने


admin
चैत्र २, २०७४ शुक्रबार   ५ : ५४   बजे

काठमाडौं, २ चैत । बंगालदेशको एयर युएस बंगला विमान दुर्घटनामा मृत्यु भएकामध्ये ४१ जनाको पोस्टमार्टम शुक्रबार सकिएको छ ।

आज पोस्टमार्टम सकिएका र पहिचान खुलेका शव भोलिबाट अस्पतालले उनीहरुका आफन्तलाई बुझाउने तयारी गरेको छ। ‘पहिचान भएका शव भोलिबाट दिनेछौं। विदेशीको शव सम्बन्धित दूतावासलाई नै बुझाइनेछ’ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको फरेन्सिक विभाग प्रमुख डाक्टर प्रमोदकुमार श्रेष्ठले भने।

अन्यको पोस्टमार्टम पनि आजै सकिने डाक्टर श्रेष्ठले बताए, ‘अहिलेसम्म ४१ वटाको पोस्टमर्टाम भयो, भरेसम्म सबै सकिन्छ’ ।

त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा भएको दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको थियो। विमान दुर्घटनामा परी २२ नेपाली, २८ वंगलादेशी र १ चिनियाँ नागरिकको मृत्यु भएको थियो।

मृत्यु हुनेमा वंगलादेशमा मेडिकल शिक्षा लिइरहेका विद्यार्थी र चिकित्सकको संख्या सबैभन्दा धेरै छ। विमान दुर्घटनामा परेपछि केही यात्रु झ्याल फुटाएर निस्किएका थिए भने केहीको उद्दार गरिएको थियो।

विमानमा लागेको आगोमा झोसिएकाले धेरैको मृत्यु भएको थियो। आगोमा परेकाहरुको शव पहिचानमा समस्या देखिएको हो। पहिचान नखुलेको शवको संख्या फरेन्सिक विभागमा आधाभन्दा धेरै छ। प्रमुख श्रेष्ठका अनुसार डीएनए परीक्षणपछिमात्रै त्यस्ता शवहरु उनीहरुका आफन्तलाई जिम्मा लगाइनेछ।

जलेका कारण सबैजसो शव उस्तै देखिएकाले पहिचान खुलाउन डीएनए परीक्षण आवश्यक भएको हो। त्यसैले पहिचान नखुलेका शव आफन्तलाई बुझाउन थप समय लाग्ने भएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मन्त्री सुनिल लम्सालको ‘खुट्टा भाँचिदिनुस्’ अभिव्यक्ति : पूर्वाधार निर्माणको हतार कि कानुनी राज्यमाथिको चुनौती?

के बालेन र रवि फुटदैछन ? रास्वपा नेता, ढुंगाना भिडियो

सम्बन्धित

काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

खोटाङको गाउँदेखि विश्वकै अग्रणी फिनटेक कम्पनीसम्म : छात्रवृत्तिले बदलेको दीपेश कार्कीको जीवन

बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ

मध्यपूर्वको तनावले रोकिएको नागढुङ्गा–नौबिसे सडक कालोपत्रे पुनः शुरु, धार्के बजार क्षेत्रमा धमाधम काम हुँदै (तस्बिरसहित)

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group