काठमाडौं २० माघ । अष्टेलियाको सिड्नीमा भरत बन्धु थापाका नेपाल झल्कने तस्विर प्रर्दशनी गरिएको छ । अष्टेलिया नेपाल न्युजको ११ औं बार्षिक उत्सवको अवशरमा मनघरी फाउण्डेशनले सातै प्रदेश समेटिने गरी नेपाल झल्कने तस्बिर प्रर्दशनी गरेको हो।
नेपालका लागि अष्टेलिया राजदुत चित्रलेखा यादवको प्रमुख आतिथ्यमा भएको प्रदर्शनीमा २२ वटा तस्बिरहरू राखिएको थियो।
प्रदर्शनी अवलोकन गर्दै राजदुत यादवले विदेशमा रहेका सबैले नेपालको प्रर्वधनमा जोड दिनुपर्ने बताईन । राजदुत यादवले विदेशमा रहेका नेपालिहरूले समय मिलाएर पटक पटक स–परिवार नेपाल घुम्नुपर्ने बताईन ।
नेपालको विकासमा लागि पर्यटन प्रर्वधनमा जोड दिन यस्तो तस्बिर प्रर्दशनिले महत्वपुर्ण भुमिका खेल्ने समेत बताइन । एन एस डब्लुका बाणिज्यदुत संजिव शर्माले नेपालको विविधतापूर्ण परिदृश्य र सांस्कृतिक सम्पदा तथा नेपाली मुहारलाई जीवन्त रूपमा चित्रण गरेकामा फोटोग्राफर प्रति आभार व्यक्त गरे । उनले आफ्नो कार्यकालमा नेपालको पर्यटन प्रर्वर्धनमा बिशेष जोड दिने बताए । राजदुत र बाणिज्यदुतलाई भरतबन्धु थापाको नेपाल झल्कने किताव समेत प्रदान गरे ।








प्रतिक्रिया दिनुहोस्