काठमाडौं २० माघ । सरकारले ताप्लेजुङको पाथीभरामा केवुलकार खारेजीको माग गर्दै आन्दोलनमा उत्रिएका पहिचान पक्षधरसंग वार्ता गर्न वार्ता समिति गठन गर्ने भएको छ ।
पुर्व मन्त्री तथा तेह्रथुमबाट प्रतिनिधिसभा सदस्य माननीय सीता गुरुङको नेतृत्वमा पाथीभरा केवुलकार विवादवारे ध्यानाकर्षण गराउन गरेको टोलीसंग संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकमार गुप्ताले उक्त जानकारी दिए । मन्त्री गुप्ताका अनुसार आजै सरकारको तर्फबाट वार्ता समिती घोषणा हुनेछ ।
पुर्व मन्त्री गुरुङले सरकारसँग केवलकार निर्माण कम्पनी र आन्दोलनरत पक्षलाई तुरुन्त वार्तामा बोलाऊन माग गरिन् ।
गत माघ १२ गते केबुलकार विवादमा झडपपछि सुरक्षाकर्मीले गोली चलाउदा ३ जना गम्भीर घाइते भएका थिए । त्यसको विरोधमा पहिचान पक्षधरले आज र भोलि पुर्वका ९ जिल्लामा आम हडताल आव्हान गरेका छन् ।








प्रतिक्रिया दिनुहोस्