ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुपन्देहीमा ९९ प्रतिशत रोपाईं, उत्पादन बढ्ने अनुमान


admin

भैरहवा, १२ साउन । तराई आधा भन्दा बढी जिल्लाहरुमा वर्षा नभएका कारण रोपाई हुन सकेको छैन । तर, कतिपय जिल्लाहरुमा भने समयमै वर्षा भएका कारण करिव–करिव रोपाइ सकिन लागेको छ । अन्य वर्षहरुमा समयमै रोपाइ हुन नसकेको रुपन्देहीमा यस वर्ष भने समयमै रोपाइ भएको छ ।

प्रयाप्त वर्षा भएका कारण रुपन्देहीमा अहिलेसम्म ९९ प्रतिशतको हारहारीमा रोपाइ सम्पन्न भएको छ । साउन १५ सम्ममा रुपन्देहीका अघिकांस भू–भागमा रोपाइ सकिने अनुमान गरिएको छ । समयमै रोपाई सम्पन्न हुने भएछि धान उत्पादनमा वृद्धि हुने समेत अनुमान गरिएको छ ।

रुपन्देही धान उत्पादन हुने प्रमुख जिल्लामा पर्छ । तर, रुपन्देहीका ८० प्रतिशत खेतमा पनि आकासे पानीको भर पर्नुपर्छ । विगतका वर्षहरुमा पानी समस्या झेलेका रुपन्देहीका कृषकले यस वर्ष भने पानी अभाव झेल्नु परेन । अन्य जिल्लाहरुमा कम वर्षा भए पनि रुपन्देहीमा यस वर्ष रोपाइ गर्न पुग्ने वर्षा भएको छ ।

कृषि विकास कार्यालय रुपन्देहीका अनुसार ८२ हजार ६ सय २२ हेक्टर जमिनमध्ये १० हजार ८ सय हेक्टरमा मात्रै सिंचाइको व्यवस्था छ । बाँकी ७२ हजार हेक्टर जमिनमा भने आकासे पानिकै भर पर्नु पर्छ । सिंचाईयुक्त क्षेत्र बढाउन जिल्लामा हाल साना ठूला गरी २० वटा सिंचाइ आयोजना संचालनमा छन् ।

२० हजार हेक्टर जमिन सिचाई गर्ने क्षमता भएको भैरहवा–लुम्बिनी भूमिगत जलपरियोजना जीर्ण बन्दा रुपन्देहीका अधिकांस क्षेत्रमा आकासे पानीकै भर पर्नु पर्ने भएको छ । तर, यस वर्ष भने समयमै वर्षा भएका कारण रुपन्देहीमा ९९ प्रतिशत रोपाई सम्पन्न भएको छ । समयमै रोपाई सम्पन्न भएकाले उत्पादनमा पनि वृद्धि हुने कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख भोजराज सापकोटा बताउँछन् ।

सिंचाइको राम्रो व्यवस्था नभए पनि रुपन्देहीका कृषयकले यस वर्ष भने सहजै रोपाई सम्पन्न गर्न लागेका छन् । तर, पर्याप्त वर्षा नभएको खण्डमा रुपन्देहीबासी पनि बाँझै बस्नुपर्ने परिस्थिति बन्नसक्छ । त्यसैले होला रुपन्देहीका कृषक पुराना सिचाई आयोजना मर्मतसम्भार गर्नुपर्ने र नँया आयोजनालाई समयमै पुरा गर्नु पर्ने बताउँछन् ।

रुपन्देहीमा पछिल्लो सयमा उन्नत जातका धान रोप्न लाथिएको छ । यो वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत मर्चवारको असुरैनामा १ सय हेक्टर क्षेत्रफलमा धानको व्लक र जिल्लाका विभिन्न ठाउँमा २४ वटा पकेटमा धान खेती भएको छ ।

कृषिमा आधुनिकीकारण हुन थालेपछि धान उत्पादनमा समेत वृद्धि भएको छ । रुपन्देहीमा ६९ हजार ४ सय हेक्टरमा धान खेती हुने गरेको छ । यहाँबाट उत्पादीत ५० प्रतिशत धान बाहिरी जिल्ला जाने गरेको छ । तर, रुपन्देहीको मुख्य समस्या पनि सिंचाइ नै हो ।

त्यसैले रुपन्देहीका कृषकलाई कृषिमा निर्भर बनाउने हो भने सिंचाइको राम्रो व्यवस्था गर्नु पर्छ । पछिल्ला वर्षहरुमा जलवायु परिवर्तनका कारण समयमा वर्षा नहुने समस्या बढ्न थालेको छ । त्यसैले अब पनि भू–सिंचाइको व्यवस्था हुन नसके धेरै खेतीयोग्य जमिन बाँझै रहन सक्छ ।

संयोग त्यस्तै जु¥यो भनौं । रुपन्देहीका सतप्रतिशत जमिनमा धान रोपाई सम्पन्न भएको छ । तर, तराईका अधिकांस जिल्लाहरुमा अझै पनि रोपाई सम्पन्न हुन सकेको छैन । बसै कृषकले सिंचाइ अभाव झेलेका छन् । कृषकहरु वर्षा नहुँदा निदाउन सकेका छैनन् । सबै कृषकको आँखा आकाश तिरै छ । कहिले पानी पर्ने हो कसैलाई थाहा छैन । यो बेहालत सुनाइरहँदा पीडा लाग्छ ।

जलश्रोतमा धनि कृषि प्रधान देशका हामी नागरिक । तर, नेपाली कृषकले सिंचाइ अभाव नझेलेको कुनै याम छैन । यस्तो अवस्थामा कृषिमा निर्भर कसरी हुने ? यदी कृषिमा निर्भर हुने हो भने हरेक कृषकको खेतमा सिंचाइ पुग्नु पर्छ । यदी सिंचाइको राम्रो व्यवस्था हुन नसकेको खण्डमा हाम्रो लागी भोकमारीको दिन टाढा छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कार्कीको पहिलो सम्वोधनका मुख्य मुख्य कुराहरु यस्ता छन्

२४, २५ र २६ गतेका स्नातक तहका परीक्षा त्रिविले सार्‍यो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

एमालेको नयाँ कार्यदिशाः नेपाली विशेषताको समाजवाद, ओली निर्विकल्प, विद्या पक्ष हिस्स !(पूर्ण विवरणसहित)

एक मात्र खतरा जसले अमेरिका र चीनलाई एकताबद्ध गर्नुपर्छ

पुरुष + महिला + एप्स = खराब प्रेमसम्बन्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com